Comments Add Comment

वर्षायाममा श्रीलंका भ्रमणले उब्जाएको प्रश्न

Raj-shresthaराजकुमार श्रेष्ठ, श्रीलंका
मुम्बईको ट्रान्जिटपछि कोलम्बो हुँदै दाम्बुला पुग्दा सोमबार झमझम पानी परिसकेको थियो ।
मंगलबार नेपाली टीमको अभ्यास भइरहेको रनगिरी दाम्बुला अन्तराष्ट्रिय मैदान प्रवेश गर्दै गर्दा पनि पानीले छाडेन । पानीकै वीच नेपाली टीमले केहीबेर अभ्यास गर्‍यो । झन हङकङको टीमले त एकैछिन पनि अभ्यास गर्न पाएन ।
बुधबार खेलका लागि होटलबाट निस्कँदै गर्दा पनि पानी परिरहृयो । लगातारको वर्षाका कारण बुधबार हुने तय भएको नेपाल र हङकङबीचको पहिलो टी २० स्थगित भयो ।
नेपाली क्रिकेट टीम हङकङसँगको तीन म्याचको टी-२० सेरिज र एक एकदिवसीय खेलका लागि दाम्बुलामा आइपुगेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले हाइ पर्फर्मेन्स भ्रमण मिलाएपछि नेपाल र हङकङ दाम्बुला आएका हुन् ।
स्थानीयका अनुसार यो वर्षायाम हो । दाम्बुलालाई अन्य क्षेत्रको तुलना सुख्खा क्षेत्रका रुपमा मानिँदो रहेछ । किनकि वरिपरि समुन्द्रले घेरिएको श्रीलंकाको मध्यभाग जस्तै रहेछ दाम्बुला ।
तर, यो क्षेत्रमा अहिले मनसुन चलिरहेको छ । नेपालमा असार-साउनमा जस्तै यहाँ  आँप पाकेका छन् । खेतमा धान रोप्ने चटारो पनि छ । कुनबेला पानी पर्छ र रोकिन्छ, ठम्याउन गाह्रो छ ।

Nepal vs hongkong (11)पहिलो दिनको खेल मात्र होइन, बाँकी खेल के हुन्छ भन्ने सकिने अवस्था छैन । डिभिजन थ्री जितेर टुको तयारीमा जुटेको नेपालका लागि अब श्रीलंका भ्रमण कत्तिको फलदायी होला ?
कुरुनेगाला र श्रीलंका कम्बायन ११ सागको दुई तीन दिवसीय नेपाली खेलाडीहरुका लागि राम्रै भयो । तर, टी-२० नै खेल्न नपाए के तयारी होला डिभिजन थ्री र विश्वकप छनोटको ?
जानकारहरुका अनुसार नेपाल र हङकङका लागि टी-२० खेल्न श्रीलंका होइन, दुबई उपयुक्त हुनसक्थ्यो । यसबारे दुबै टीमले पनि महसुस गरेका छन् । तर, मुख फोरेर बोल्न चाहँदैनन् ।
यसका लागि एसीसीले हाइ पर्फर्मेन्स भ्रमण तय गरेपछि नेपाल क्रिकेट संघ क्यानले स्थान सिफारिस गर्न सक्नुपर्थ्यो ।

क्यानमा संक्रमणको असर
तर, क्यान यतिबेला क्रिकेटबारे सोच्न सक्ने अवस्थामा छैन । सरकारले विघटन गरेको र नयाा गरी दुई क्यान अस्तित्वमा छन् ।
क्यानकै विवादका कारण नेपाली टोलीका तीन खेलाडी श्रीलंका आउन पाएनन् । प्रशिक्षक पुबुदुले आरिफ शेख, मेहबुब आलम र रामनरेश गिरीलाई पनि भ्रमणमा ल्याउन चाहेका थिए ।
कुबेतमा एसीसी यू-१९ प्रिमियर क्रिकेट खेलपछि आरिफ सोझै कोलम्बो आउने बताइएको थियो । तर, उनी यहाँ छैनन् भने मेहबुब र रामनरेश गिरी पनि भ्रमण टीममा सहभागी हुन पाएनन् ।

जर्सी काण्ड
नेपाली टीमले बुधबारसम्म टी २० को जर्सी समेत पाएन । पानीले खेल स्थगित नभएको भए धेरैले अर्को प्रतियोगिताको जर्सीमा भएको लोगोमा टेप टाासेर खेल्नु पथ्र्यो भने करण केसी र राजेश पुलामीले खेल्न नपाउने अवस्था थियो ।
यसरी समग्रमा हेर्दा वर्षायाममा श्रीलंका भ्रमण नै किन छानियो भन्ने प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment