Comments Add Comment

स्मार्टफोनले लुट्दैछ वैवाहिक सम्बन्धको आत्मीयता

smartphones
रात्रीकालीन समयमा स्मार्टफोनको अत्यधिक प्रयोगले वैवाहिक सम्बन्धको आत्मीयतालाई भत्काउँदै लगेको एक अध्ययनले देखाएको छ । स्मार्टफोनका कारण आपसी विश्वास तथा आत्मीयता गुम्दै जाँदा दम्पतीहरुमा सम्बन्ध विच्छेद तथा धोकाका घटनामा समेत वृद्धि भएको अध्ययन को निष्कर्ष छ ।

दाम्पत्य जीवनमा जब शारीरिक सम्बन्ध फिक्का बन्दै जान्छ तब मानिसहरुको आशा समेत घट्दै जाने र खास रोमान्स भनेको के हो भन्ने कुरा पनि भुल्दै जाने अध्ययनकर्ताको ठम्याइ छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले २४ हजार युरोपेली विवाहित जोडीमा अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् ।

शोधकर्ताहरुले सोसल नेटवर्किङ साइटको प्रयोग र दाम्पत्य जिवनको सन्तुष्टिबीच प्रत्यक्ष सम्बन्ध रहेको तथ्य पत्ता लगाएका छन् ।

‘जब दम्पतीहरुले सोसल मिडियामा अन्य मानिसका रोमाञ्चक जिवनका दृश्य हेर्छन् तब उनीहरु आफ्नो दाम्पत्य जिवनप्रति निरासापूर्ण तथा तिरस्कृत ठान्न थाल्छन्’, अध्ययनमा भनिएको छ ।

एक अर्को अध्ययनमा अमेरिकाको मिसोरी विश्वविद्यालयका शोधकर्ताले पनि मध्यरातमा स्मार्टफोनको प्रयोग बढ्दा विवाहित दम्पतीको आत्मीयतामा खलल पुग्ने गरेको निष्कर्ष निकालेका छन् । त्यसक्रममा शोधकर्ताहरुले १८ देखि ८२ वर्ष उमेरसम्मका सयौँ फेसबुक प्रयोगकर्तामा अध्ययन गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment