Comments Add Comment

तितर-बितर भयो वैद्य माओवादीको ३३ दल

४ मंसिर, काडमाडौं । वैद्य माओवादीले नेतृत्व गरेको ३३ दलीय मोर्चा अघोषितरुपमा विघटन भएको छ । मोर्चामा रहेका केही घटक हिन्दु राष्ट्र चाहिन्छ भन्दै राजावादी मोर्चामा लागेका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

माओवादीले नेतृत्व गरेको ३३ दलमा रहेका केही घटकहरु भने जातीय पहिचानसहितको संघीयता माग्दै पद्मरत्न तुलाधरको जातीय मोर्चामा आवद्ध भएका छन् ।

नेकपा- माओवादीका सचिवसमेत रहेका ३३ दलीय मोर्चाका नेता देव गुरुङ ३३ दल औपचारिक रुपमा विघटन नभएको दाबी गर्छन् । ‘कार्यक्रम दिने विषयमा ढिलाइ भएको छ, तर ३३ दलीय मोर्चा विघटन गरिएको छैन,’ गुरुङले अनलाइनखबरसँग भने, ‘ईस्यु मिलेको खण्डमा फेरि मिलेर अगाडि जाने छलफल गर्न सकिन्छ ।’

तर, संविधानको अन्तरवस्तुबारे ३३ दलीय मोर्चामा विवाद देखिएको भने गुरुङले स्वीकार गरे । ‘पहिले निर्वाचन बहिस्कार र गोलमेच सम्मेलनको मागमा मोर्चामा सबैको एउटै धारणा थियो, ‘गुरुङले अनलाइनखरसँग भने, ‘संविधानको अन्तरवस्तुको विषयसम्म आउँदा समान बुझाइ हुन सकेन, हामी संविधानसभा विघटन हुनुपर्छ भनिरहेका छौं, सबै घटकहरु यसमा सहमत छैनन् ।’

मोर्चामा रहेका कतिपयले धर्म निरपेक्षताको विरोध गर्दै हिन्दुवादी मोर्चा बनाए पनि आफूहरु धर्म निरपेक्षताको विरोधमा जान नसक्ने माओवादी नेता गुरुङले अनलाइनखबरलाई बताए ।

तर, पद्मरत्न तुलाधरको नेतृत्वमा पहिचानसहितको संघीयताका पक्षत्ररहरुले बनाएको मोर्चालाई भने उनले सकारात्मक रहेबो बताए ।

यद्यपि गोलमेच सम्मेलनको सान्दर्भिकता अझै बाँकी रहेकाले ३३ दलीय मोर्चालाई फेरि अगाडि बनाउनेबारे छलफल गर्न सकिने उनले बताए ।

दोस्रो संविधानसभाको चुनाव भएको वर्ष दिन पुगेकोमा संविधानसभा विघटनको माग गर्दै आज बसन्तपुरमा आयोजना गरिएको सभा ३३ दलीय मोर्चाको नभई नेकपा- माओवादीले मात्रै आयोजना गरेको गुरुङले स्पष्ट पारेका छन् ।

नेतृत्वको कमजोरीः थापा
यसैबीच ३३ दलीय मोर्चाको एक घटक क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता मणि थापाले भने मोर्चाको नेतृत्वमा रहेका केही बामपन्थी नेताले दूरदृष्टि राख्न नसकेको बताए ।
‘३३ दलमा नेतृत्व गरिरहेका केही बामपन्थीहरुको संयुक्त मोर्चासम्बन्धी बुझाइमा कमजोरी देखियो,’ थापाले अनलाइनखबरसँग भने-‘त्यसैले औचित्य हुँदाहुँदै पनि ३३ दल अघि बढ्न सकेन ।’

यो पनि पढ्नुहोस्
संविधानसभाको चुनाव भएको आज वर्ष दिन पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment