Comments Add Comment

भारतीय धर्मगुरु रामपाल प्रहरी नियन्त्रणमा

४ मंसिर, काठमाडौं । राजद्रोह र हत्या अभियोग लागेका भारतीय धर्मगुरु बाबा रामपाललाई प्रहरीले पक्राउ गरेको छ । हरियाणास्थित रामपाल आश्रमबाट बुधबार अबेर राति प्रहरीले रामपाललाई नियन्त्रणमा लिएको हो ।

हजारौं समर्थकहरुको भीडका बीचबाट प्रहरीले मानव साङ्लो निर्माण गरी उनलाई गाडीमा हालेको थियो ।

BABA RAMPALआश्रममा रामपालको गिरफ्तारीका क्रममा उनका समर्थक र प्रहरीबीच झडप समेत भएको थियो । पक्राउ पश्चात रामपाललाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो ।

हत्या अभियोगमा भारतको उच्च अदालतले रामपाललाई बारम्बार अदालतमा हाजिर भई बयान दिन आदेश दिएको थियो । तर, उनले आदेशको अवज्ञा गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

सन् २००६ मा हत्याको आरोपमा जमानतमा रिहा भएका उनी त्यसपछि अदालतमा हाजिर हुन गएका थिएनन् । अदालतले केही दिन अघि फेरी रामपाललाई अदालतमा हाजिर गराउन प्रहरीलाई आदेश दिएको थियो ।

आफू पक्राऊ पर्ने डरले गिरफ्तारीको आशंकामा रामपालले आश्रममा सतसङ आयोजना गरी हजारौं समर्थक जम्मा गरेर बसेका थिए । यसअघि सत्संगमा हतियारधारी समूह प्रवेश गर्दा भएको झडपमा ६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment