Comments Add Comment

जेटिसीसीको संयोजकमा डिबी लिम्बु

४ मंसिर, काठमाडौं । संयुक्त पर्यटन समन्वय समिति (जेटिसीसी)को संयोजकको जिम्मेवारी डिबी लिम्बुले सम्हालेका छन् । नेपाल DB-Limbuएसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटटा) का अध्यक्ष रहेका लिम्बुले बुधबारदेखि जिम्मेवारी सम्हालेका हुन् ।

लिम्बुलाई यसअघि संयोजक रहेका ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाले एक कार्यक्रमबी जेटिसीसीको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

टेटिसीसीमा जेटिसिसीमा टान, नाट्टा, नेपाल पर्वतारोहण संघ, नेपाल होटल संघ, टुरिष्ट गाइड एसोसियसन, हिमालयन उद्धार संघलगायतका ४३ वटा पर्यटन व्यवसायसँग सम्बन्धीत संघसंस्थाहरु आवद्ध रहेका छन् ।

जेटिसीसीमा सबै संस्थ्ााका अध्यक्षहरुले पालैसँग ६/६ महिना संयोजकको जिम्मेवारी सम्हाल्ने सहमति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment