Comments Add Comment

अन्डरवल्र्डको आक्रमणबाट यसरी जोगिए साहरुख

srk-in-mannat
बलिउड वादशाह साहरुख खान अन्डरवल्र्डको निशानामा रहेको खुलासा मुम्बई प्रहरीले गरेको छ । साहरुखका साथी करिम मोरानीको घर बारिह फायरिङ गरेपछि अन्डरवल्र्डको निशानमा बलिउड बादशाह परेका थिए ।

मुम्बई प्रहरीले मोरानीको घर बाहिर फायरिङ गर्ने १३ जना व्यक्तिलाई पक्रिएर अनुसन्धान थालेको थियो । जसबाट उनीहरुले आफूहरुको नयाँ टार्गेट साहरुख खान, निर्देशकद्धय फराहा खान र महेश भट्ट रहेको बताएका थिए ।

साहरुख र फराहालाई आक्रमण गर्ने योजना मुम्बई प्रहरीले विफल बनाएको  थियो । तर, महेश भट्ट माथि भने आक्रमण गर्ने तयारी हुँदै गर्दा प्रहरीले होशियारी अपनाएर विफल बनाएको भारतीय सचारमाध्यमले जनाएका छन् ।

मुम्बई प्रहरीले चर्चित बलिउड कलाकारमाथि आक्रमण गर्दा मिडियामा चर्चा पाउने लोभमा अन्डरवल्र्डले यस्तो गर्ने गरेको बताएको छ । मुम्बई प्रहरीले बाहिर जानकारी गराउँदा आतंक मच्चिने भएकाले भित्री रुपमा लामो समयदेखि अनुसन्धान गरिरहेको बताइन्छ ।

साहरुखले केही समयअघि मात्र आफू र पत्नी गौरी खानका लागि बुलेट प्रुफ गाडी खरिद गरेका थिए ।

साहरुखको ट्विटर फ्यान १ करोड
यसैबिच, बलिउड बादशाह साहरुख खानको ट्विटरमा फलोअर १ करोड पुगेका छन् । ट्विटरमा साहरुख निरन्तर रुपमा आफ्ना फ्यानहरुसँग आबद्ध हुने गर्छन् । आफ्नो चलचित्रको प्रचारमा होस् या सामान्य अवस्थामा नै किन नहोस्, साहरुख निरन्तर ट्विटरमा देखिन्छन् । उनको ट्विटर फ्यानको संख्या बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment