Comments Add Comment

इजरायलका गैडाकोटवासीबाट विद्यालयलार्इ सहयोग

10461887_852607861435940_1517861162_nइजरायल । इजरायलमा रहेका नवलपरासीको गैंडाकोटवासी नेपालीले गैडाकोट ८ स्थित बिजय निमाविको भवन निर्माणका लागि ५८ हजार रुपैयाँ सहयोग गरेका छन् ।

वि सं २०५१ सालमा स्थापना भएको उक्त स्कुल जिर्ण वन्दै गएको र सरकारबाट कुनै पनि चासो नदेखाइएपछि विदेश कमाउँन गएका स्थानीयले सहयोग प्रदान गरेका हुन् । कल्पना फाउन्डेसनकी अध्यक्ष कल्पना पौडेल र अर्जुन पौडेल नेतृत्वमा आथिर्क संकलन गरिएको हो ।

यसअघि पनि यो परोपकारी संस्था कल्पना फाउन्डेसनले अत्यन्तै बिपन्न वर्गका र अनाथ बालबालिकाको क्षेत्रमा सहयोग गर्ने काम गर्दै आइरहेको संस्थाका महासचिव  मानबहादुर थापाले जानकारी गराए । कुल २७५ विद्यार्थी अध्ययनरत सो स्कुलमा ८८ प्रतिशत जनजाती तथा दलित र वाँकी १२ प्रतिशत अन्य जात जातिका विद्यार्थीहरुले पठनपाठन गर्दै आइरहेका छन् ।

मुलुकमा निजीस्तरमा संचालन भइरहेका स्कुलहरुमा हुनेखाने वर्गको पहुँच हुदै गएपछि  गरिव तथा विपन्न वर्गका नागरिकका छोराछोरीहरुले मात्र पढ्ने भन्ने नकारात्मक भावना जागृत भएपछि   दुई दशकदेखि पठनपाठन गराउदै आइरहेको सो स्कुल लामो समयदेखि मर्मत संभारको समेत अभावमा जिर्ण वन्दै गइरहेको थियो भने विद्यार्थीको चाप वढि हुदा कक्षाकोठाको समेत अभाव देखिएको थियो ।

सहयोग अभियान अन्तर्गत ५ हजार रुपैया भन्दा वढि सहयोग गर्नेहरूमा कल्पना पौडेल; जिज्ञासु (कल्पना फाउन्डेसन), अर्जुन पौडेल, मीना पाण्डे, तुलसा पौडेल, नमुना पौडेल, देव घिमिरे, सारदा सापकोटा र गीता  सापकोटा  रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment