Comments Add Comment

१८ दिनदेखिको ५९ औं पटक एउटै वैठक, निर्णय सून्य

सम्वाद समितिको बैठक । फाइल फोटो
सम्वाद समितिको बैठक । फाइल फोटो

५ मंसिर, काठमाडौ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको ५९ औं बैठक १८ दिनदेखि निरन्तर बसिरहेको छ । १६ कात्तिकबाट सुरु भएको ५९ औं बैठक सकिएको छैन ।
१८ दिनसम्म निरन्तर रहेको बैठक भने जम्मा सात पटक बसेका छन् । वैठक निरन्तर भनिए पनि आवश्यकताअनुसार सभापतिले बैठक आहृवान र स्थगित गर्न मिल्ने प्रचलन छ, नयाँ पत्रिकामा खबर छ ।
संविधानसभाको निर्देशअनुसार १६ कात्तिकसम्म संवाद समितिले विवाद समाधानको म्याद पाएको थियो । सो समयसीमामा विवाद मिलाउन नसकेपछि समितिको बैधानिकतामाथि प्रश्न उठ्ने भन्दै वैठक निरन्तर राखिएको हो तर, निरन्तर भनिएको बैठक केहिले दुई मिनेटमा सकिएको छ त कहिले एकसातासम्म स्थगित हुने गरेको छ ।
बैठकमा समिति सदस्यलाई एउटै मितिमा हस्ताक्षर गराउने गरिन्छ । यो प्रवृत्तिलाई सभासद्ले पनि अचम्म मानेका छन् । यसअघि १४ जेठ ०६९ मा संविधानसभाको बैठक निरन्तर राख्न प्रस्ताव राखिएको थियो । सो समयमा सभाध्यक्षले नगरेको प्रयोग संवाद समिति सभापति डा.बाबुराम भट्टराईले गरेका हुन् ।
‘बैठक नम्बर एउटै छ, हामीलाई एउटै मितिमा हाजिर गर्न लगाइएको छ । सहमतिको कुरै छैन, प्रक्रियासमेत अन्योलमा छ,’ संवाद समिति सदस्य दिलनाथ गिरीले भने, ‘संविधानसभाको निर्देश अनुसार १६ कात्तिकबाट समितिको बैधानिक हैसियत सकिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment