Comments Add Comment

शुक्रबारका पत्रिकामा विजनेश खबर

शुक्रवार राजधानीबाट प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले आन्तरिक ऋण उठाउने क्यालेण्डर हरायो, आन्तरिक उडान प्रभावित, सार्कको उडान ब्यवस्थापन लगायतका विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
कारोबार दैनिकमा आउनै छाड्यो ऋण उठाउने ‘क्यालेण्डर’, शीर्षकमा मुख्य खबर छ । पछिल्लो केही वर्षयता सरकारी ढुकुटी सधैं बचतमा रहन थालेपछि आन्तरिक ऋण उठाउने पात्रो -क्यालेण्डर) आउनै छाडेको छ ।
यस्तै, उखु कृषकले पाएनन् २.४० अर्ब भुक्तानी, अंकित भन्दा कम मूल्यका सेयर बिक्रीमा सकस, अख्तियारको डरले श्रमस्वीकृति रोकियो लगायतका खबर कारोबारमा छ ।
अन्नपूर्ण पोष्टमा आन्तरिक उडान दिनदिनै प्रभावित, नेपाल र तिब्बतका हिमाल प्रवर्द्धन गर्ने सम्झौता, बाहुन बाजेको बंगुर फार्म, अस्पष्ट नीतिले करमा समस्या, अलपत्र कामदारको उद्धार गर्न ७० लाख निकासा लगायतका खबर छन् ।
नागरिक दैनिकमा ‘यस्तो छ सार्क अवधिमा उडान ब्यवस्थापन’ शीर्षकमा मुख्य खबर छापेको छ । तालिका अनुसार मंसिर ९ गते विहान ९देखि साँझ ५ बजे सम्म सार्कका पाहुना बाहेका सवै उडान बन्द, मंसिर १० मा सम्पूर्ण उडान यथावत तर जहाज पार्किङ क्षेत्र सीमित, मंसिर ११ मा बिहान ७ देखि १० तथा दिउँसो १ देखि ४ बजेसम्म सार्क बाहेका उडानअवतरण बन्द, मंसिर १२ गते विहान ८ देखि दिउँसो २ बजेसम्म सार्क बाहेका उडन अवतरण बन्द तथा मंसिर ९, १० र ११ गते सार्कबाहेका कुनै पनि जहाज रात बस्न नपाउने रहेको छ ।
यस्तै, एनटीआईएसमा क्षेत्रीय सम्मेलन सुरु, बजार अध्ययनपछि मात्र अरु काम, पेट्रोलियम पदार्थको स्वचालित मूल्यमा समस्या, सार्क हस्तकला प्रदर्शनी सुरु लगायतका खबर नागरिकमा छ ।

anpurna-eco

karobar-eco

nagarik-eco

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment