Comments Add Comment

गढीमाईको बली रोक्न सर्वोच्चमा रिट

gadimai-mela
५ मंसिर, काठमाडौ । पशु अधिकारकर्मी तथा अधिवक्ताहरुले गढीमाईमा पशुबलि रोक्नका लागि अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
अधिवक्ताहरु अर्जुनकुमार अर्याल तथा सरोजकुमार न्यौपाने र पशुकल्याण तथा अनुसन्धान केन्द्र नेपालकी निर्देशक गीता दाहाल र अधिवक्ता रामकृष्ण बन्जराले बिहीबार रिट दायर गरेको नागरिकमा खबर छ ।
बारा बरियापुरस्थित गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने मेला यसपटक सुरु भइसकेको छ । मंसिर ११ गतेदेखि गढीमाईमा बलि दिन सुरु हुनेछ । मेलामा पशु बलि दिने प्रथा पशु स्वास्थ्य तथा सेवा ऐन २०५५ विपरीत रहेकाले तत्काल रोक्न अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ ।
लाखौं पशु बलि चढाउँदा वातावरणमा नकारात्मक असर पार्ने रिटमा जिकिर गरिएको छ । धर्मका नाममा पशु बलि दिँदा हिन्दु धर्मकै बदनाम हुने भएकाले सर्वोच्चबाट हस्तक्षेप हुनुपर्ने रिटमा उल्लेख गरिएको छ ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, स्वास्थ्य तथा जनसंख्या, विज्ञान तथा प्रविधि, कृषि, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, केन्द्रीय पशु क्वारेन्टाइन कार्यालय, जिल्ला प्रशासन कार्यालय र गढीमाई मन्दिर सञ्चालन तथा विकास सििमतलाई विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment