Comments Add Comment

बासी खाना खुवाउने र ठग्ने राजमार्गका तीन होटल बन्द

khana५ मंसिर, काठमाडौ । यात्रुलाई बासी र गुणस्तरहिन खाना तथा खाजा विक्री गर्ने राजमार्गका तीन होटल सञ्चालनमा सरकारले रोक लगाएको छ ।
चितवनको रामनगरस्थित गीताञ्जली होटेल, रक्षा होटेल र गंगालक्ष्मी होटेल सञ्चालनमा वाणिज्य तथा आपूर्ति विभागले विहीवार रोक लगाएको हो ।
विभागले रामनगर, जुगेडी, मुग्लिन र बैरेनीस्थित होटेलहरुको अनुगमन गरेको थियो, अन्नपूर्ण पोष्टमा खबर छ ।
विभागका प्रवक्ता पुरुषोत्तम सुवेदीका अनुसार चार स्थानका १५वटा होटेल तथा रेष्टुराँको अनुगमन गरिएको थियो ।
विभागले रामनगरस्थित गीताञ्जली, सोही स्थानको रक्षा, गंगालक्ष्मी, धादिङस्थित होटेल नमस्ते नेपाल, जुगेडीस्थित एलिना र हाइवे फुड मार्ट, सोही स्थानको श्रीनगर, भुमेस्थानको होटेल कान्तिपुर, कुरिनटारको जिन होटेल र जोशी रेष्टुरेन्ट, मुग्लिनको अब्दुल्ला, रुपसी, जोमसोम भान्छाघर, होटेल नौलो थकाली र चितवन होटेलमा अनुगमन गरेको थियो ।
यी मध्ये तीनवटा होटेलमा सञ्चालकले सरसफाइमा ध्यान नदिएको, यात्रुसँग चर्को मुल्य असुल गरेर पनि बासी र गुणस्तरहीन खाद्य पदार्थ खुवाएको तथा सरकारी निर्देश पालना नगरेकोले सञ्चालनमा रोक लगाएको हो ।
‘खाद्य पदार्थको गुणस्तर सुधार गर्न तथा बिक्रीमूल्य राख्न पटकपटक निर्देशन दिएपनि अटेर गरेकोले होटेल सञ्चालनमा रोक लगाएका छौं,’ प्रवक्ता सुवेदीले भने । उनका अनुसार अधिकांश होटेलको भान्छाघर फोहर र खानेकुरा गुणस्तरहीन भेटिएको छ ।
सामान्य त्रुटी भएका अन्य होटेललार्य पनि सुधार गर्न र केहीलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment