Comments Add Comment

महिला यु-१९ क्रिकेटको उपाधिका लागि विराटनगर र जनकपुर भिड्दै

५ मंसिर, काठमाडौं । अन्डर १९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि साविक विजेता क्षेत्र नम्बर ७ जनकपुर र क्षेत्र नम्बर १ विराटनगर भिड्ने भएका छन् ।cricket

प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुरले क्षेत्र नम्बर ४ भैरहवालाई २९ रनले पराजित गरेको थियो । त्यस्तै विराटनगरले क्षेत्र नम्बर ६ बैतडीलाई ४९ रनले हराएको थियो ।

टस हारेर व्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर एकसय १९ रन बनाएको थियो । बैतडीले भने १७.१ ओभर खेल्दै सबै विकेट गुमाएर ७० रनमा सीमित भएको थियो ।

त्यस्तै अर्को खेलमा टस हारेर व्याटिङको निम्ता पाएको जनकपुरले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । भैरहवाले भने निर्धारित ओभर खेल्दै नौ विकेट गुमाएर ८६ रनमा सीमित भएको थियो ।

प्रतियोगिताको उपाधीका लागि दुवै तयार रहेको टीम कप्तानहरुले बताएका छन् । जनकपुर यसपाली पनि उपाधी आफैँसँग सुरक्षित राख्ने दाउमा छ भने विराटनगर उपाधी उम्काउने योजनासहित मैदान उत्रँदैछ ।

खेल दिउँसो पाैने तीनमा सुरू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment