Comments Add Comment

फिलिपिन्समा लुक्लाको आलु चिनाउँदै नेपाली सुन्दरी

prinsha-3

काठमाडौ । मिस अर्थमा भाग लिन फिलिपिन्सको मनिला पुगेकी नेपाली सुन्दरी प्रिन्सा श्रेष्ठले नेपालको ‘इको टुरिजम’ सम्बन्धि भिडियो प्रस्तुत गरेकी छिन् ।

मिस अर्थ नेपाल भएपछि प्रिन्साले आयोजक संस्था हिडेन ट्रेजरको सहयोगमा लुक्ला, नाम्चे र सगरमाथा अाधार शिविरमा एक हप्ता अध्ययन गरेकी थिइन् ।

prinsha-in-lukla

हिमाली क्षेत्रमा आलु उत्पादन गर्ने स्थानीयसँग मिलेर काम गरेकी प्रिन्साले आलुको खेती गर्ने तरिकाको वारेमा समेत अध्ययन गरेकी थिइन् । उनले लुक्लामा आलुको अर्गानिक प्यानकेक बनाएर स्थानीय बासिन्दालाई मात्र खुवाइनन, स्थानीय होटल संचालसँग छलफ गरी उनीहरुको मेनुमा प्यान केक राख्नसमेत सहमत गराइन् ।

एक साताको लुक्ला बसाइमा आफुले समेत स्थानिय आलु उत्पादनको तरिका वारे जानकारी पाएको उनको भनाइ थियो । सोही विषयमा निर्माण गरेको भिडियो उनले प्रस्तुत गरेकी थिइन् ।

हेर्नुहोस भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment