Comments Add Comment

सबैभन्दा बढि वियर पिउने देशहरु, कुन देशका मानिसले कति वियर पिउँछन् ?

beer-in-detailवियर निकै सुलभ तथा लोकपि्रय पेय पदार्थ हो । विश्वमा वर्षेनी अरबौँ लिटर बियर खपत हुने गरेको तथ्यले पनि यसलाई पुष्टि गर्छ ? विश्वमा कुन देशका जनताले सबैभन्दा बढि बियर पिउँछन् होला ? विश्वको दोस्रो ठूलो वियर कम्पनी सबमिलरले गरेको अध्ययनले केही रोचक तथ्य बाहिर ल्याएको छ । अघिल्लो वर्षको वियर खपतको तथ्यांक अनुसार युरोपेली देश चेक गणतन्त्रका जनताहरु बियर पिउने मामिलामा सबैभन्दा अगाडि छन् । तथ्यांक अनुसार चेक गणतन्त्रका हरेक मानिसले एक वर्षमा औषतमा १ सय ४३ लिटर वियर पिउँछन् ।

समग्र वियर खपतको दृष्टिले चीन पहिलो स्थानमा छ र चीनमा गएको एक वर्षमा ५४ अर्ब लिटर वियर खपत भयो । तर प्रतिव्यक्ति वियर खपतको हिसाबमा भने चीन निकै तल छ । चीनमा प्रतिव्यक्ति वियर खपत वाषिर्क जम्मा ४ लिटर मात्र छ । वियर पिउनेमा जर्मनहरु दोस्रो स्थानमा रहेका छन् । हरेक जर्मन जनताले एक वर्षमा औषतमा १ सय १० लिटर बियर पिउने गरेका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेका अस्टि्रयाका जनताले प्रतिव्यक्ति १ सय ८ लिटर बियर पिउने गरेका छन् । वियर पिउने मामिलामा चौथो स्थानमा स्टोनियाली छन् । हरेक स्टोनियालीले वर्षमा १ सय ४ लिटर बियर पिउँछन् भने त्यसपछि पोल्याण्डका जनता सय लिटर सहित पाँचौँ स्थानमा रहेका छन् ।

तथ्यांक अनुसार छैटौँ स्थानमा रहेका आइरिसहरुले वर्षमा प्रतिव्यक्ति ९३ लिटर बियर पिएका छन् । सातौँमा ९० लिटर बियर सहित रोमानियाली तथा आठौँमा ८९ लिटर सहित लिथुआनियाली रहेका छन् । बियर पिउने मामिलामा क्रोएसियाका जनता नवौू स्थानमा छन् । क्रोएसियामा प्रतिव्यक्ति वियर खपत ८२ लिटर रहेको छ ।
प्रतिव्यक्ति ८१ लिटर बियर खपत सहित बेल्जियम टप टेनमा पर्न सफल भएको छ ।

युरोमोनिटर इन्टरनेसनलका अनुसार यो पटकको तथ्यांकले विश्वका केही देशमा बियरको खपत उच्च दरमा बढेको पाइएको छ । वियर खपतको दर बढिरहेका टप टेन देशहरुमध्ये सातवटा त मुस्लिम बाहुल्य देश रहेका छन्, जसमध्ये केही देशमा अल्कोहलको खुल्ला बिक्रिवितरण समेत प्रतिबन्धित छ ।

पछिल्लो वर्ष सबैभन्दा बढि दरमा बियर खपत बढेको देश ग्वाटेमाला हो । ग्वाटेमालामा २० प्रतिशतका दरले बियर खपत बढेको छ । दोस्रो  स्थानमा इण्डोनेसिया छ । त्यसपछि क्रमशः भियतनाम, अजरबैजान, इजिप्ट, साउदी अरेबिया, भारत, इरान, नाइजेरिया, यूएई रहेका छन् । समग्रमा मध्यपूर्व तथा अफ्रिकी देशहरुमा बियर खपत ४.८ प्रतिशतले बढेको पाइएको छ ।

टेलिग्राफबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment