Comments Add Comment

बस दुर्घटनापछि जाजरकोट शोकमा

५ मंसिर, खलंगा । भेरी नदीमा विहीबार बस खस्दा भएको मानवीय क्षतिको शोकमा शुक्रबार जाजरकोट जिल्ला बन्द गरिएको छ ।

जिल्लावासीको तर्फबाट नागरिक समाज, गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ लगायतले जिल्ला बन्द आहृवान गरेका हुन् ।

मध्यान्ह १२ बजेपछि जिल्लाका सम्पूर्ण कार्यालय, शिक्षण संस्था, व्यापार व्यवसाय, उद्योग, कलकारखाना तथा संघसंस्थाका कामकाज बन्द गर्न आहृवान गरिएको छ । साथै दुर्घटनामा वेपत्ता भएकाहरुको उद्धार तथा भेरी नदीमा डुबेको बसको खोजीमा खटिन सबैमा अपिल गरिएको छ ।

जाजरकोट सदरमुकाम खलंगाबाट सुर्खेतको राकम जाँदै गरेको ना ३ ख १४०८ नम्बरको बस विहीबार विहान भुर गाविसको भुरचौर नजिकै भेरी नदीमा खसेको थियो । बसमा ५० भन्दा धेरै यात्रु रहेको अनुमान गरिए पनि ५ जनाको मात्रै शव भेटिएको थियो । अरु ११ जना घाइते भएका छन् । अरु यात्रुको अवस्था अज्ञात छ ।

बस सडकबाट झण्डै ५० मिटर तल भेरी नदीमा खसेको भएपनि अहिलेसम्म कहाँनेर छ भन्ने पत्ता लाग्न सकेको छैन । हिजो काठमाण्डौँबाट आएको सेनाका ४ जना गोताखोरले समेत उक्त बस पत्ता लगाउन नसकेपछि शुक्रबार विहान थप टोली परिचालन गरी खोजीकार्य जारी छ ।

रामकुमार शाहीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment