Comments Add Comment

नेपाली जनसम्पर्क समिति अमेरिकाको सचिवमा घिमिरेको उम्मेदवारी

subashटेक्सास । नेपाली जनसम्पर्क समिति अमेरिकाको सचिव पदमा निवर्तमान सभापति सुभाष घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली जनसम्पर्क समिति अमेरिकाको आगामी नेतृत्वको लागि महासमिति सदस्य गोरखबहादुर बिष्टलाई समर्थन गर्दै घिमिरेले सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सचिव पदमा उम्मेदवारी घोषणासँगै उनले संगठनका विभिन्न तहमा बसेर काम गरेको अनुभवलाई आफ्नो क्षमताले भ्याएसम्म संगठनको बृहत्तर हितमा उपयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । यसअघि समितिको सभापतिमा घिमिरेले उम्मेदवारीको घोषणा गरेको चर्चा चलेको थियो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्ऽीय अधिवेशनको उद्घाटन गर्न नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल अमेरिका आइसेका छन् । नेपाली कांग्रेसको जनवर्गीय संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले अधिवेशनले अमेरिकामा रहेका समिति आवद्ध नेपालीहरुको राजनीतिलाई निकै तताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment