Comments Add Comment

बाबु बोगटी, सौगात र अनमोलवीच भिडन्त हुने

hamjayega-ambare
काठमाडौ । यो हप्ता तीन नेपाली चचित्रविच दर्शकको मन जित्ने प्रतिस्पर्धा हुँदै छ । बाबु बोगटी, सौगात मल्ल र अनमोल केसीको यो त्रिपक्षीय भिडन्त आफ्नो पक्षमा पार्न तीनै पक्ष लागिरहेका छन् ।

दिपा बस्नेत निर्देशित ‘श्री ५ अम्बरे’ र सुरेन्द्र पुन निर्देशित ‘हमजाएगा’ शक्रवारवाट मुलुकभरका हलमा प्रदर्शन हुँदैछन् ।

अघिल्लो हप्ताबाट प्रदर्शनमा आएको ‘जेरी’को काठमाडौ र मोफशलका केही हलमा प्रदर्शन जारी रहने छ । जेरीको ब्यापार राम्रो भएको हल सञ्चालकहरु बताएका छन् ।

राजा बन्ने प्रबृत्तिका चरित्रमाथी निर्माण गरिएको भनिएको ‘श्री ५ अम्बरे’मा केकी अधिकारी र सौगात मल्लले मुख्य भुमिका निर्वाह गरेका छन् ।
अर्को चलचित्र हमजाएगामा बाबु बोगटी, वील्सन बिक्रम राई र ऋचा धितालको मुख्य भुमिका छ ।

शुक्रवारै सेफअलि खानको होम प्रोडक्सनमा निर्माण भएको हिन्दी फिल्म ‘ह्याप्पी इन्डिङ’ र अंग्रेजी फिल्म ‘जेसावेल’ पनि नेपालका हलमा प्रदर्शन हुनेछन् ।

ह्याप्पी इण्डिङमा सेफअलि खान, रणबीर सोरे, इलियाना डिक्रुज, प्रिती जिन्टा लगायतका कलाकारले अभिनय गरेका छन् । अंग्रेजी फिल्म जोशावेल हरर फिल्म हो भने केभिन गुर्टेआर्टको निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment