Comments Add Comment

नेपाली क्रिकेट टीमको जर्सी त आयो तर, लगाएर खेल्न नमिल्ने

paras with new jursy

५ मंसिर, दम्बुला (श्रीलंका) । हङकङसँग टी-२० सेरिज खेल्न दम्बुलामा रहेको नेपाली टीमको जर्सी निकै ढिला गरी बिहीबार राति आइपुगेको छ । तर, यो जर्सी लगाएर खेलाडीहरू टी-२० सेरिज खेल्न भने नपाउने भएका छन् ।

जर्सीमा उत्पादक बीएस स्पोट्ससहित पेप्सी र स्टाण्डर्ड चार्टरको लागो छ । आईसीसीको नियमअनुसार अन्तराष्ट्रिय मान्यता प्राप्त खेलमा एउटा मात्र विज्ञापनको लोगो राख्न पाइन्छ ।

टीम मिटिङका लागि रनगिरी दाम्बुला अन्तराष्ट्रिय रंगशाला आइपुगेका कप्ता पारस खड्का नयाँ जर्सीमा थिए । जर्सी आएको हो भन्ने प्रश्नमा उनले लोगो देखाउँदै भने-यसमा तीन बटा विज्ञापनको लागो रहेछ । यो लगाएर खेल्न मिल्दैन ।’

new jarsi paras

यसअघि बुधबार र बिहीबारको खेल पानीले रद्द नभएको भए खेलाडीहरुले कुन जर्सी लगाएर खेल्ने भन्ने अन्यौल थियो । कप्तान पारसले जर्सी समेत नहुनु किनै दुःखद भनेका छन् ।

यो पनि पढ्नुहोस्-

जर्सीसमेत नहुँदा एकदमै नराम्रो लाग्छ: पारस खड्का (अन्तरवार्ता)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment