Comments Add Comment

मापदण्ड अनुसार चल्दैनन् राजमार्गका होटल

५ मंसिर काठमाडौं । धादिङ र चितवनमा पर्ने राजमार्गका होटलहरु मापदण्ड अनुसार नचलेको पाइएको छ ।

वाणिज्य विभागका शाखा अधिकृत रत्नेश शशीको नेतृत्वमा मंसिर १ र २ गते भएको अनुगमनमा सो स्थानका १६ वटा होटल तथा रेस्टुराँ मापदण्डअनुसार सञ्चालन नभएको भेटिएको हो ।

विभागको टोलीले चितवन रामनगर, मुग्लिन र कुरिनटामा अनुगमन गरेको थियो । रामनगरका गिताञ्जली होटल, रक्षा होटल, गंगा लक्ष्मी होटल एण्ड लज, जुगेडीस्थित एलिना होटल, श्रीनगर होटल एण्ड रेष्टुरेण्ट, हाइवे फुड मार्ट रहेका छन् ।

त्यसैगरी मग्लिनका अब्दुला होटल, पुनदेव गल्ला किराना स्टोर, रुप्सी रेष्टुरेन्ट, जोमसोम (भान्सा घर) एण्ड गेष्ट हाउस, होटल नौलो थकाली, चितवन होटल एण्ड गेष्ट हाउस र कुरिनटारका जिन होटल एण्ड रेष्टुरेन्ट, जोशी रेष्टुरेन्ट रहेका छन् ।

त्यस्तै धादिङको सिम्लेस्थित होटल नमस्ते नेपाल र भूमेस्थानस्थित होटल कान्तिपुर एण्ड फास्टफूडमा अनुगमन गरेको थियो ।

यी होटल तथा रेस्टुराँहरुले व्यवसाय दर्ता, प्यान दर्ता नगरेको, सरसफाइमा ध्यान नदिइएको, मूल्यसूची नराखेको, म्याद नाघेका सामान बेचेको र बिक्री बिल नभएको भेटिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment