Comments Add Comment

यति बैंकले गर्‍यो घाइते कर्मचारीको उपचार

yeti-bank५ कात्तिक काठमाडौं । यति डेभलपमेेन्ट बैंकले मेगा सेभिङ्ग एण्ड को-अपरेटिभबाट रकम सङ्कलन गरी फर्किने क्रममा अज्ञात समुहले गोली प्रहारबाट घाइते भएका कर्मचारी भगवान बरालको सम्पूर्ण उपचार खर्च व्यहोरोको छ ।

उनको उपचारमा करिब २२ लाख रुपैयाँ खर्च भएको छ ।

बैंकले घाइते बराललाई पोखराको मणिपाल अस्पतालमा उपचार गर्दा स्वास्थ अवस्थामा सुधार नभएपछि थप उपचारको लागि न्यूरो अस्पताल काठमाडौंमा ल्याएर ४ महिनासम्म उपचार गराएको थियो । उनको फिजीयोथेरापीको आवश्यकता महसुस गरी बैंकले थप उपचारको लागि ३ महिना वेलनेस अस्पताल महाराजगंजमा उपाचार गराएको थियो ।

हाल उनी स्वास्थ लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन । बैंकले कर्मचारी बराललाई अभिनन्दन गरेको छ । सो अवसरमा बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सागर शर्माले खादा ओढाई अभिनन्दन गरे । घाइते बरालले बैंकले गरेको सहयोगप्रति आभार ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment