Comments Add Comment

भृकुटीमण्डप सार्क मेलामा कुन देशका सामान कस्ता ?

Hastakala Mela (4)५ मंसिर, काठमाडौं । भृकुटीमण्डमा बिहीबारदेखि सुरु भएको सार्क हस्तकला प्रदर्शनीमा विभिन्न देशले आ-आफ्ना मालसामान प्रदर्शनी र बिक्रीमा राखेका छन् । हस्तकला प्रदर्शनीमा लाख रुपैयाँभन्दा बढी पर्ने कपडादेखि २० लाख पर्ने मूर्तिसम्म छन् ।

प्रदर्शनीमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंकाका उत्पादनहरु राखिएका छन् ।

Hastakala Mela (7)भुटान : महंगो राष्ट्रिय पोशाक

प्रदर्शनीमा राखिएको भुटानको राष्ट्रिय पोशाकको मूल्य १ लाख २० हजार रुपैयाँ रहेको छ । नेपालमा सस्तो पोशाक ल्याइएको भन्दै भुटानमा भने अझै राष्ट्रिय पोशाकको मूल्य ३ लाख रुपैयाँसम्म पर्ने भूटानी बिक्रेताले अनलाइनखबरलाई बताइन् ।

विशेष कार्यक्रममा मात्र लगाउने शिल्कको भूटानी पोशाक बनाउन वर्ष दिन लाग्ने ती स्टल सञ्चालकको भनाइ छ । बनाउन धेरै समय लाग्ने भएकाले यो पोशाक अत्यधीक महंगो पर्ने उनले बताइन् ।

भुटानको स्टलमा निकै महंगा लुगा राखिएका छन् । त्यहाँ ४ हजार ५ सय रुपैयाँदेखि ८० हजार रुपैयाँसम्मका लामा ड्रेसहरु देखिन्छन् । यति महंगा कपडा पर्यटकले किनेर लैजाने गरेको स्टल सञ्चालक भनाइ छ । यी ड्रेसहरु बनाउँदैखेरि विदेशी पर्यटकलाई लक्षित गरेर बनाइने गरेको विक्रेता बताउँछन् ।

Hastakala Mela (1)पाकिस्तानः छालादेखि ढुंगासम्म

पाकिस्तान छालाका सामानहरुका लागि चर्चित मानिन्छ । प्रदर्शनीमा पाकिस्तानले छालाका ज्याकेट, फर्निचर, काठ तथा स्टोनका सजावट सामाग्रीहरु बिक्रीमा राखेको छ । प्रदर्शनीस्थलमा पाकिस्तानी छालाका ज्याकेटहरु ७/८ हजारमा खरिद गर्न सकिन्छ । महिला र पुरुष दुबैका लागि ज्याकेटहरु पाकिस्तानी स्टलमा राखिएका छन् । प्रत्येक ज्याकेटमा १० प्रतिशत छुट प्रदान गरिएको बिक्रेता बताउँछन् ।

पाकिस्तानबाट ल्याइएका काठको भित्ते घडी ३ देखि ५ हजार रुपैयाँसम्म पर्छ । त्यस्तै ३ देखि ४५ हजार रुपैयाँसम्म पर्ने कुर्सी पनि बिक्रीमा राखिएका छन् ।

ओनेक्स स्टोनको चिया खाने पाकिस्तानी कप आधा दर्जनको २ हजारदेखि ६ हजारसम्म पर्छ । स्टोनकै पानीको फोहोरा फाल्ने फाउन्टेन ६ लाख रुपैयाँ पर्छ । स्टोनकै फ्लावर पट दुईवटाको ५ लाख रुपैयाँ पर्छ ।

बंगलादेश : सारी र कूर्ता
प्रदर्शनीमा बंगलादेशले सारी, कुर्ता सुरुवाल, सुट, स्वीटर, टिसर्ट लगायतका उत्पादनहरु राखेको छ । बंगलादेशी कुर्ता सुरुवाल १६ सयदेखि १८ सय पर्छन् । त्यस्तै सारी २ देखि ५ हजारसम्मका रहेका छन् । सलवारको सेट कपडा १५ सयमा पाइन्छ । त्यस्तै लहेङ्गाजस्तै देखिने सारी १६ हजार रुपैयाँसम्म पर्छ भने ट्राउजरलाई एक हजार रुपैयाँ पर्ने बंगलादेशी स्टल सञ्चालकले बताए ।

Hastakala Mela (2)नेपाल : हरेक मालमा अगाडि

नेपाली स्टलमा प्रायः पस्मिना, उनी, बाँस, अल्लोबाट बनेका कपडाहरु, भगवान तथा मठमन्दिरका मूर्तिहरु, जडिबुटीजन्य उत्पादन, उनीका गलैंचा, जुत्ता-चप्पल, फर्निचर लगायतका उत्पादन प्रदर्शनीमा राखिएका छन् ।

नेपाली पस्मिनाका सलहरु मध्यम क्वालिटीलाई १२ सयदेखि ५ हजार रुपैयाँसम्म पर्छ । उच्च गुणस्तरका पस्मिनालाई ५ हजारभन्दा माथि पर्ने बताइएको छ । ५ हजार माथिका पस्मिना सलहरु चिन्ने तथा बुझ्नेहरुले प्रयोग गर्ने गरेको रियल पस्मिना एक्स्पोर्टकी अस्मिता खनालले बताइन् । पस्मिनाका लेडिज स्वीटर १५ सयदेखि ५ हजारसम्म पर्ने उनले बताइन् ।

नेपालमा बनाइएका लेदरका ज्याकेटको न्यूनतम ६ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म पर्ने नेपाल लेदर क्राफ्टका कर्मचारीले बताए । उनीहरुका अनुसार ल्यापटप ब्याग ५ हजारदेखि १० हजार रुपैयाँसम्म पर्छन् । लेडिज ब्याग ४ हजारदेखि १० रुपैयाँसम्म र लेदर बेल्ट ५ सय देखि एक हजार रुपैयाँसम्मका नेपाली स्टलमा राखिएका छन् ।

भारत : बजारै नेपाल

प्रदर्शनीस्थलमा भारतीय स्टलहरु पनि छन् । तर, नेपालका बजारमा भारतीय सामान खासै नौलो होइन । यद्यपि सार्क हस्तमेलामा भारतको हिमान्चल प्रदेशको स्टलमा सल, टोपी, मफलर लगायतका लुगा रहेका थिए ।

भारतीय सलको मूल्य न्यूनतम ८ सय रुपैयाँदेखि अधिकतम ४० हजार रुपैयाँसम्म रहेको थियो । ४० हजार पर्ने सल भेजिटेवल ड्राई कलरमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment