Comments Add Comment

सरकारले भन्यो-मोदीलाई बाह्रबिघा मैदान खुल्ला छ

Bimalendra-Nidhi५ कात्तिक, काठमाडौं । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क सम्मेलनका क्रममा गर्ने भनिएका राजधानी बाहिरका तीनओटै धार्मिक भ्रमण रद्द नगर्न भारतीय पक्षलाई आग्रह गरेको छ ।

सरकारले भारतीय राजदूत रन्जित रे मार्फत यो आग्रह गरिसकेको र जनकपूरको बाह्रबिघा मैदानमै मोदीको सम्बोधन राख्ने तयारी भइरहेको भौतिक पूर्वाधार मन्त्री बिमलेन्द्र निधीले समाचार च्यानल एभिन्यूजलाई बताएका छन् ।

उनले जनकपुरको मोदीको कार्यक्रम तयारी नरोकिएको समेत बताएका छन् । यसअघि उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमले पनि भारतीय राजदूतलाई मोदीको उपत्यका बाहिरको भ्रमणको सबै सुरक्षा तयारी भइसकेकाले रद्द नगर्न आग्रह गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री सुशील कोइराला र उपप्रधानमन्त्री बामदेव गौतमले मोदीको कार्यक्रम यथावत राख्न आग्रह गरेपछि भारतीय राजदूतले जनकपुरको मोदीको कार्यक्रम रद्द भएको आफूलाई जानकारी नभएको बताएका थिए ।

भारतीय पक्षले भने मोदीको जनकपुर भ्रमण रद्द भएको पनि औपचारिक जानकारी गराएको छैन भने भ्रमण यथावत रहेको पनि प्रष्ट पारेको छैन ।

सरकारले मोदीको जनकपुर, लुम्विनी र मुक्तिनाथ भ्रमणलाई धार्मिक पर्यटन प्रबर्द्धनको हिसाबले पनि महत्वपूर्ण भन्दै मोदीका सबै कार्यक्रम यथावत राख्न कुटनीतिक प्रयास गरिरहेको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment