Comments Add Comment

प्रहरी लगाएर बन्द गराइयो क्यासिनो रोयल

ROYAL-CASINO-KATHMANDU५ मंसिर, काठमाडौं । तीन महिनादेखि सन्चालनमा आएको क्यासिनो रोयललाई प्रहरीले बन्द गराएको छ । पर्यटन मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले प्रहरी पठाएर क्यासिनो बन्द गराएको हो ।

होटल याक एण्ड यतिको स्वीकृति र सर्बोच्च अदालतको आदेश बमोजिम सन्चालमा आएको एकमात्र क्यासिनो जबर्जस्ति बन्द गराएर सरकारले अदालतको आदेशको समेत अबहेलना गरेको क्यासिनो रोयलका महाप्रबन्धक मनोज सुवेदीले बताए ।

क्यासिनो रोयलले सरकारलाई बुझाउने पर्ने बक्यौता रोयल्टी नबुझाएको लगायतका आरोप लगाइ पर्यटन मन्त्रालयले बन्द गराएको हो । तर क्यासिनो व्यवस्थापनले भने भर्खरै मात्र ८ करोड बक्यौता तिरिएको बताएको छ ।

क्यासिनो किङ मानिने बिनोद श्रेष्ठ र किशोर सिलवालले पर्यटन मन्त्रालयलाई दबाब र प्रभावमा पारेर क्यासिनो रोयल बन्द गराउन खोजेको आरोप समेत व्यवस्थापकहरुले लगाएका छन् ।

प्रहरी क्यासिनो बन्द गराउन शुक्रवार अपरान्ह याक एण्ड यतिमा जाँदा क्यासिनो मजदूर र प्रहरीबीच झडप भएको थियो ।

राजवहादुर सिंह र मनोज सुवेदीको गिल्ड कम्पनीले रोयल क्यासिनो सन्चालन गरे पनि अरु क्यासिनो बन्दै छन् । क्यासिनो सन्चालन पछि पर्यटकहरुको संख्या बढेको बेलामा जबर्जस्ति बन्द गराएको भन्दै व्यवस्थापन पक्ष पुनः अदालत जाने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment