Comments Add Comment

चीनमा कम्युनिष्टलार्इ ‘ब्राे’ वा ‘बाेस’ भन्न नपाइने

नेपालका कम्युनिष्ट मात्रै होइन, विश्वभरकै कम्युनिष्टमा कमरेड शब्द प्रचलनमै छ । यद्यपि हामीकहाँ भने आजभोलि खाटी कम्युनिष्टले समेत कमरेडको साटो दाइ-दिदी भन्न सुरु गरेका छन् । तर, चिनियाँ कम्युनिष्ट पार्टीले भने आफ्ना सदस्यहरुले एक-अर्कालाई ‘कमरेड’ भन्नैपर्ने उर्दी जारी गरेको छ ।15sino-dude01-tmagArticle
पार्टी सञ्चालनका नीति नियमको पुनरावलोकपछि चिनियाँ कम्युनिष्ट पार्टीले पुराना भनिएका नियमहरु खारेज गरेको र पार्टी सञ्चालनका लागि विद्यमान नीति नियममध्ये आधाजसो कटौती गरिएको सिन्ह्वाले जनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीले दुई वर्ष लगाएर पार्टीका नियम कानून सम्बन्धी झण्डै एक हजार दस्तावेजको पुनरावलोकन गरेको छ ।
पार्टी सञ्चालनका कैयन नीति नियमलाई ‘आउटडेटेड’ भनेर खारेज गरिएको भए पनि ‘कमरेड’ शब्दको प्रयोग अझै पनि निकै आवश्यक रहेको ठहर कम्युनिष्ट पार्टीको छ । सोही अनुरुप कम्युनिष्ट पार्टीका सदस्यले अब अनिवार्यरुपमा आफ्ना सहकर्मीलाई ‘कमरेड’ भनेर सम्बोधन गर्नैपर्नेछ ।
चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९६५ मै पार्टीका सदस्यहरुबीचको सम्बोधनमा कमरेड शब्दको प्रयोग गर्नुपर्ने नियम बनाएको थियो । सम्बोधनका क्रममा अन्य आदर तथा नाता सूचक शब्दहरुको प्रयोग पुरानो समाजको भद्दा अभ्यास रहेको ठहर गर्दै तत्कालिन नेतृत्वले कमरेड शव्दको प्रयोग गर्नुपर्ने नियम बनाएको थियो । यो शव्दले पार्टी सदस्यहरुबीच समानताबोध गराउने विश्वास कम्युनिष्टहरुले गर्छन् ।
तत्कालीन अवस्थाका विभिन्न नीति नियमहरु खारेजीमा परेका बेला कमरेड भन्नुपर्ने नियमलाई पनि खुकुलो बनाउनुको साटो चिनियाँ कम्युनिष्ट पार्टीले त्यसलाई अनिवार्य बनाएको छ ।
स्मरण रहोस् चिनियाँ कम्युनिष्ट पार्टीको ग्वांगडोङ प्रान्तस्थित अनुशासन कमिटीले यो वर्षको सुरुमा एक कडा नियम लागु गर्दै पार्टी सदस्यहरुलाई एक अर्कालाई सम्बोधन गर्ने क्रममा बोस तथा ब्रो भन्न  रोक लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment