Comments Add Comment

के ‘अम्बरे’ राजा बन्यो त ?

saugat-malla
सडकमा हुर्र्किएको एक पात्र ‘अम्बरे’ । जसको सपना सधै राजा बन्ने हुन्छ । सधै नै सडकमा नै रमाएको यो पात्रले राजा बन्ने सपना पुरा ग¥यो या गरेन ? के चलचित्रको शिर्षकले भने जस्तै ‘श्री ५ अम्बरे’ बन्ने उसको चाहना पर्दामा निर्देशक दीपा बस्नेतले उतारिन् त ?

यस्तै, प्रश्नको समाधान खोज्न आजबाट देशभरका हलमा चलचित्र ‘श्री ५ अम्बरे’ प्रदर्शनमा आएको छ । आज काठमाण्डौको कुमारी हलमा चलचित्रको विशेष शो आयोजना गरियो । चलचित्र हेर्न हलमा पुगेका  नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले ‘अम्बरे’लाई राम्रो बनेको प्रतिक्रिया दिए । एकिकृत नेकपा माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले भने चलचित्र पुरै हेरेनन् ।

दर्शकको प्रतिक्रिया चलचित्रले कस्तो पाउने हो, यसका लागि आइतबारसम्म कुर्नु पर्छ । जीवनसाथी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा सौगात मल्ल, केकी अधिकारीको मुख्य भूमिका छ । आज आयोजना गरिएको चलचित्रको विशेष शोमा कलाकार सौगात मल्ल मात्र उपस्थित भए ।

चलचित्रको विशेष शो हेर्न चलचित्रकर्मी, पत्रकार कुमारी हलमा देखिए । सबैले चलचित्रको बिषयवस्तु राम्रो बनेको बताए । यसअघि ‘अन्तराल’बाट चर्चा पाएकी दीपाले यसपटक भने केही मिश्रित प्रतिक्रिया पाएकी छिन् । दीपक आचार्य र टीएन आचार्यले चलचित्रमा लगानी गरेका हुन् । aaryana-and-nirmal

pradip-gyawali

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment