Comments Add Comment

अष्ट्रेलियाले जित्यो एक दिवसीय क्रिकेट श्रृङ्खला

63405५ मंसिर, मेलवर्न । दक्षिण अफ्रिका बिरुद्धको चौथो एक दिवशिय क्रिकेटमा ३ विकेटको जित निकाल्दै अस्ट्रेलिया ५ खेलको श्रृङ्खला जितेको छ । उसले एक खेल अगावै श्रृङ्खला ३-१ ले आफ्नो पक्षमा पारेको छ ।
अस्ट्रिलियाको मेलर्बन क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको अफ्रिकाले बिग हिटर एबि डिभिलर्स र डेभिड मिलरले चौथो विकेटका लागि १२१ रनको साझेदारी गर्दा अफ्रिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २६७ रन बनायो ।
डिभिलर्सले ८८ बलमा ६ चौकासहित ९१ रन बनाए । त्यस्तै मिलरले ६१ बलमा ३ चौकासहित ४५ रन बनाए । अस्ट्रेलियाका लागि जेम्स फल्कनर र प्याट क्यूमिन्सले समान २-२ विकेट लिए ।
63404२६८ रनको लक्ष्यसहित जवाफि ब्याटिङ गरेको अस्ट्रेलियाले ओपनर डेभिड वार्नरलाई ४ रनमै गुमायो । त्यस्तै अर्का ओपनर आरोन फिन्चलाई २२ तथा सेन वाट्सनलाई १९ मै गुमायो । लागातार टप अर्डर ब्याट्सम्यानहरु सस्तैमा समेटिदा पछि दबाबमा परेको अस्ट्रेलियालाई म्यान अफ दि म्याच स्टिीभ स्मिीथ र म्याथु वेडले छैटौं विकेटका लागि किर्तिमानी १२१ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ सम्हालेका थिए ।
स्मिीथले ११२ बलमा ७ चौकासहित १०४ रन जोडे । त्यस्तै वेडले ५९ बलमा १ छक्का र ४ चौका प्रहार गरे । आठौं नम्बरमा कि्रजमा आएका जेम्स फल्कनरले १९ बलमा ६ चौकासहित अबिजित ३४ रन जोडे । दक्षिण अफ्रिकाका डेल स्टेन र वाएन पार्नेलले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment