Comments Add Comment

महिला साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ६-० ले पराजित

aiff-women--2014
उपाधि जितेपछि भारतीय महिला फुटवल टीम ।

५ मंसिर, स्लामाबाद । तेस्रो महिला साफ च्याम्पियनसिप फुटवलको फाइनलमा नेपालले भारतसँग लज्जास्पद हार ब्यहोरेको छ ।
शुक्रबार पाकिस्तानको स्लामाबादमा भएको फाइनलमा नेपाल ६-० को अन्तरले पराजित भयो ।
भारतकी बालादेवीले नेपालविरुद्ध सर्वाधिक ४ गोल गरिन भने कमलादेवी र रोमीदेवीले समान एक-एक गोल गरे ।
अघिल्ला दुई प्रतियोगितामा जस्तै यसपटक पनि भारत नेपालको उपाधि यात्रामा बाधक बन्यो । पहिलो र दोस्रो महिला साफ च्याम्पियनसिपमा पनि नेपाल भारतसँग पराजित हुँदै उपबिजेता बनेको थियो । यसपटकको गोलअन्तर सवैभन्दा धेरै हो ।
पहिलो साफमा नेपाल भारतसँग १-० को अन्तरले पराजित भएको थियो थियो भने दोस्रोमा ३-१को अन्तरले पराजित भएको थियो । सन् २०१०को सागमा पनि नेपाल ३-१ ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment