Comments Add Comment

भैंसीलाई मर्निङवाक !

फाइल तस्वीर
फाइल तस्वीर

६ मंसिर, पाल्पा । समयमै भैंसी नब्याएपछि पाल्पाको रामपुर नगरपालिका गेझाका किसानले भैंसीलाई मर्निङवाक गराउन थालेका छन् । बाँधेर मात्रै राखेका कारण यो समस्या भएको हुन सक्ने अनुमानका साथ उनीहरुले भैंसीलाई बिहानै गोठबाट फुकाएर घुमाउन थालेका हुन् ।
सामान्यतया ११ महिनामा भैंसी व्याउने भए पनि १२ देखि १४ महिना भइसक्दा पनि नब्याएकोले गेझाका किसानले यो उपाय निकालेको किसान कृष्णप्रसाद अधिकारीले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।
अधिकारीले पालेको भैंसी राँलो लिएको १३ महिना लागिसक्दा पनि व्याएको छ । अर्का किसान विष्णुप्रसाद अधिकारीको भैंसीले राँलो लगाएको १४ महिना हुँदासमेत नब्याएकोले समस्या बढेको छ । यस्तै समस्या दिननारायण श्रेष्ठ, मोहन भण्डारी, रेमपाल भण्डारीलगायतका किसानका भैंसीमा पनि देखिएका कारण उनीहरु सबैले ब्याउने भैंसीलाई मर्निङवाक गराउन थालेका हुन् । उक्त क्षेत्रमा आधा दर्जन भन्दा बढी भैंसीमा यस्तो समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment