Comments Add Comment

काठमाडौंमा घरजग्गा कारोबार बढ्यो, दोब्बर राजस्व संकलन

ghar-jagga
६ मंसिर, काठमाडौं । गत आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा यस वर्षको कात्तिकमा काठमाडौं उपत्यकामा घरजग्गा किनबेचबाट उठ्ने रजिस्ट्रेसन दस्तुर दोब्बरभन्दा बढीले बढेको छ ।
गत वर्ष कात्तिकमा उपत्यकाका पाँच मालपोत कार्यालयले रजिस्ट्रेसन दस्तुरबापत १५ करोड ३३ लाख रुपैयाँ उठाएकोमा यो वर्षको कात्तिकमा ३३ करोड ७२ लाख रुपैयाँ संकलन भएको छ । यो गत वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । भूमिसुधार तथा व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकामा मात्र गत वर्षको चार महिनाभन्दा चालु वर्ष बढी राजस्व संकलन भएको नागरिक दैनिकमा खबर छ । गत वर्ष चार महिनामा उपत्यकाका पाँच मालपोत कार्यालयले ८१ करोड रुपैयाँ राजस्व उठाएकामा यस वर्ष १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
घरजग्गा कारोबार घटेपछि काठमाडौं उपत्यकामा औसत १२ करोठका दरले राजस्व उठेको थियो । यो वर्ष भने प्रतिमहिना औषतमा ३५ करोडका दरले उठिरहेको छ ।
काठमाडौंका पाँच मालपोतले साउनमा साढे ३५ करोड राजस्व असुल गरेका थिए । त्यसपछि भदौमा ४२ करोड, असोजमा ३२ करोड र कात्तिकमा ३३ करोड उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment