Comments Add Comment

जोर विजोर प्रणाली नमान्नेलाई दुई सय जरिमाना

पुरानो बसपार्कको फाइल तस्वीर
पुरानो बसपार्कको फाइल तस्वीर

६ मंसिर, काठमाडौ । आसन्न सार्क सम्मेलनमा उपत्यकामा सवारी साधनका लागि लगाू गरिएको जोर विजोर प्रणाली नमान्नेलाई दुई सय रुपैयाँ जरिमाना हुने भएको छ ।
मन्त्रीपरिषद्को निर्णयमा ८ देखि १२ मंसिरसम्म ट्राफिक प्रहरीले जोर विजोर प्रणाली लागू गर्दैछ । यातायात ब्यवस्था नियमावली अनुसार निमम नमान्नेको सवारीसाधान नियन्त्रणमा लिई जरिमाना गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको नयाँ पत्रिकामा खबर छ । नियम नमान्नेलाई दुई सय जरिमाना गरिने महाशाखाले जनाएको छ ।
सार्क सम्मेलनमा उपत्यकाको ट्राफिक ब्यवस्थापन सहज बनाउन जोर विजोर प्रणाली लागू गरिएको ट्राफिक महाशाखाका डिआइजी केशव अधिकारीले बताए । ८, १० र १२ गते गते जोर नम्बर प्लेट भएका सवारी साधन मात्र चल्नेछन् भने ९ र ११ मंसिरमा बिजोर नम्बर प्लेटका सवारी साधन चलाउन पाइनेछ ।
यातायात ब्यवस्था निमामावलीको दफा १६४ (ट) अनुसार जोर विजोर प्रणाली लागू गरिएको ट्राफिकले जनाएको छ । ‘८ गते नियम नमान्नेलाई जुन बाटो आएको छ, त्यतैतिर फर्काइदिन्छौं,’ डिआइजी अधिकारीले भने, ‘९ गतेबाट सवारीसधान नियन्त्रणमा लिइ जरिवानासमेत गर्छौं ।’

जोर विजोर प्रणालीमा केही गाडीलाई भने छुट दिइएको छ । एम्बुलेन्स, अस्पतालका गाडी, कुटनीतिक नियोग, हरियो नम्बर प्लेट भएको पर्यटन ब्यवसायीको गाडी तथा बेहुलाबेहुली चढेको विहेको गाडीलाई यो प्रणाली लागू नहुने डिआइजी अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment