Comments Add Comment

वैदेशिक रोजगारीमा जाने अझै बढे

Airport

६ मंसिर, काठमाडौ । कामको खोजीमा बिदेसिने युवाको संख्या हृवात्तै बढेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनामा ४३ हजार दुई सय १३ जना नेपाली काम गर्न विदेशी भूमिमा पुगेका छन् ।
यो संख्या गतवर्षको सोही अवधिको तुलनामा ३५.२६ प्रतिशतले बढी हो । गतवर्षको कात्तिकमा जम्मा ३१ हजार नौ सय ४९ जना मात्र बैदेशिक रोजगारीमा गएका थिए, अन्नपूर्ण पोष्टमा खबर छ ।
आन्तरिक बजारमा काम पाउन नसकेपछि युवा बिदेशिने क्रम बढेको छ । गतवर्ष भन्दा निकै धेरै कामदार बिदेश गएकाले बेेरोजगारी समस्या थप चुलिँदो क्रममा रहेको पुष्टी हुन्छ ।
नयाँ तथ्याङकले दुई ठूला चाड दसैं र तिहारपछि कामको खोजीमा बिदेसिने क्रम बढेको देखाएको छ । गएको असोजमा ३५ हजार पाँच सय ५० जना काम गर्न बिदेसिएका थिए । त्यो संख्या बढेर कात्तिकमा ४३ हजार पुगेको हो ।
बैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा संस्थागत तर्फबाट ३६ हजार ६ सय २६ जनाले बैदेशिक रोजगारीमा जान अनुमति पाएका छन् । यसमा पुरुषको संख्या ३६ हजार ६ सय ३६ छ भने महिला १३ सय ९२ जना मात्र छन् । यसैगरी ब्यक्तिगत पहलमा जाने कामदार जम्मा चार हजार चार सय ७४ जना छन् । यसमा महिला चार सय ६१ जना मात्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment