Comments Add Comment

नेपाली लय सिक्दै स्पेनिसहरु (फोटो फिचरसहित)

barsa-1

बसन्त रानाभाट

बार्सिलोना । बिदेशमा भएको बेला गाउघरमा नै पुगे जस्तो भान गराउने पृष्ठभूमिमा गीत बजिरहेको थियो । ‘बाझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ भन्ने गीतमा लहरै पाँच जना नेपाली कलाकारको टोलीले खुट्टाको चाल अगाडी बढाउदै गए । हात र कम्मरको चाल पनि त्यसैगरि मिलाएर नेपाली पारामा ढल्किए ।

टोलीमा कलाकार अजय लोप्चन उनो (एक), दोस (दुई),त्रेस (तीन) गर्दै अगाडि बढ्दै गए । उनीहरुको सिधा पछाडि रहेको स्पेनिस नागरिकहरुको समूह पनि त्यही चालको सिको गर्दै थियो । कोही उमेरले अलि पाका जस्ता देखिने, कोही भने भर्खरका जस्ता आफूहरुलाई पनि दुरुस्त बनाउने कोशिस गर्दै थिए । हेर्दाहेर्दै नेपाली चालमा नाच्न थाले । गीत झनै घन्कियो–‘बाझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा ।’ 

barsa-4फेरि अर्का नेपाली कलाकार बिनोद कटुवाल आए, नाचेर थकित जस्ता देखिने सबैलाई त्यही गीतको धुन सुनाए । नेपाली मुरलीको धुन सुनेपछि स्पेनिसहरु रमाउदै झनै गए, कता कता गित नै कण्ठ गरे जस्तो लाग्ने उनीहरुको हाउभाउ थियो । किनकी आफूहरुले भर्खरै नृत्य गरेको गीत मुरलीको धुनमा सुनिरहेका थिए । फेरि मज्जाले हौसिए, मुरली धुनको पछिपछि तालीको ताल ल्याए, बसेकै ठाउँबाट त्यही तालमा टाउको हल्लाउन थाले । पछि सबैलाई एक एक वटा मुरली हात हात दिए अनि यसरी बजाउने भनेर सिकाउदै पनि थिए ।

barsa-2झट्ट हेर्दा चलचित्रको सुटिङ जस्तो लाग्ने यी दृश्यहरु कुनै चलचित्र पर्दाको छायांकनको लागि थिएन्, नेपाली पनलाई बिदेशीको मन सम्म पुर्याउने प्रयास थियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेन र बार्सिलोनास्थित संस्था एईकाको संयुक्त प्रयासमा तीन दिने कार्यक्रमको एउटा झलक थियो । संघका प्रबक्ता सन्तोष श्रेष्ठको संयोजनमा कार्यक्रमको अन्तिम दिन नुरिया अवाले, चन्द्रकली कार्की,करुणा लामिछाने र अस्मिता लामिछानेले नेवार, गुरुङ, मगर, शेर्पा लगायतका जातजातिहरुको पहिचान झल्कने नृत्य समेत प्रस्तुत गरेका थिए ।
यसअघिका दिनमा भएमा कार्यक्रममा संघका अध्यक्ष एकराज गिरी र बार्सिलोना स्थित नेपाली अबैतानिक बाणिज्य दूत लुईस बेल्बिसले नेपालको प्राकृतिक सुन्दरता, संस्कृति, भाषा र रहनसहनकोबारेमा स्पेनिस समुदायलाई जानकारी गराएका थिए ।

नोभेम्बर १९ देखि तीन दिनसम्म बार्सिलोनामा चलेको कार्यक्रममा सगरमाथामा कीर्तिमान भएका केही रेकर्डहरुको जानकारी, हिमाल चढ्दाको अनुभव, अपनाउनु पर्ने साबधानी लगायत पयर्टकलाई हिमाल चढ्न प्रेरित गर्ने किसिमका भिडियो सामाग्री तथा नेपाली चलचित्र पनि देखाईएको थियो ।

नेपाली परिकार बनाउन सिकाउँदै नेपाली स्वादमा बिदेशी र नेपालीसँगै रमाएका थिए । आईसीसी सदस्य दीपक खरेल, महिला फोरम संयोजक शितल भुर्तेल भुसाल, नारायणी तिमिल्सिना, गोमा गौतम, सुजिता श्रेष्ठ लगायतले नेपाली परिकारको जानकारी दिदै बनाउन सिकाएका थिए । स्पेनस्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, नेपाली समुदाय लगायत स्पेनिसहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

barsa-5

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment