Comments Add Comment

छोराछोरी स्याहार्दै सत्यकलाले भनिन्- गीत गाएर मात्र नहुने रहेछ

काठमाडौ । कुनै वेला यस्तो थियो- हरेक एफएफले गायिका सत्यकला राइको कुनै न कुनै गीत बजाएकै हुन्थे । केही एफएमहरुमा त यस्तो पनि हुन्थ्यो- लोकगीत, आधुनिक र चलचित्र लगभग सबै विधाका गीतको कार्यक्रममा उनकै गीत बज्थ्यो ।

nawal-khadka-and-satya-kala-raiतर, अहिले एफएफले उनको गीत बजाउन बिर्सिका छन् भने कतिपय रेकडिङ स्टुडियो न्यासि्रएका हुन सक्छन् । नभए पनि बिरानो त पक्कै भएको छ ।

‘बच्चा साना भएकाले गीत संगीतमा त्यति धेरै समय दिन सकेको छैन । बच्चा हुर्किएपछि सक्रिय भएर लाग्छु ।’ अनलाइनखबरसँग कुरा गर्दै राईले भनिन् ।

दुई सन्तानकी आमा सत्यकलालाई लाग्छ हरेक बच्चा बच्चीका लागि आमा भन्दा ठुलो अभिभावक अरु केही हुनै सक्दैन । त्यसकारण उनी आफ्नै हातले स्यहारेर बच्चाबच्ची हुर्काउन चाहन्छिन् ।

त्यही कारण उनको घरमा अहिलेसम्म काम गर्ने छुट्टै मान्छेको ब्यबस्था छैन । ‘म आफ्नो काम आफै गर्छु, काम गर्ने मान्छे राखेकी छैन ।’ उनले भनिन् ‘दोस्रो ब्यक्तिले गरेको काम त्यति चित्त पनि बुझ्दैन ।’

अब एकेडेमिक कामतिर

केही महिना भयो उनले इन्साइभिजन कलेज पढाउन सुरु गरेको । ११ र १२ कक्षामा बिद्यार्थीलाई अंग्रेजी विषय पढाउँदै आएकी सत्यकला अब एकेडमिक कामलाई अगाडी बढाउने बताउँछिन् । ‘गीत गाएर मात्रै हुँदैन रहेछ । अब एकेडमिक काम पनि गर्नुपर्छ ।’ उनको निचोड छ ।

केबल कलेज पढाउनु मात्रै एकेडमिक काम होइन भन्नेमा सचेत छिन् उनी । आगामी दिनमा गीत संगीतकै विषमा राज्यले पत्याउने र सर्जकले फाइदा लिने खालको काम गर्ने योजनामा छिन् उनी । त्यो काम के हो भन्ने वारेमा भने काम सुरु गरेपछि मात्रै बताउने उनको भनाइ थियो ।

जे-जे भएपनि घरको फिल्म छोड्दिन

कलाकार संघको अध्यक्ष नवल खड्काकी श्रीमति सत्यकलाले घरको फिल्ममा भने सँधै आफैले गाउने योजनामा छिन् । नवलले बनाएको चलचित्र ‘दशगजा’ गीत गाएकी सत्यकलाले अर्को फिल्म भीमदत्तमा पनि गाइन् । ‘घरको फिल्म त छोड्नै भएन नि ।’ उनले भनिन ‘घरकै फिल्ममा गाउँदा बच्चालाई दुघ खुवाएर पनि भ्याइन्छ ।’ बच्चा हुर्केपछि भने अन्य फिल्मका गीतमा पनि स्वर दिने उनको योजना छ ।

पूर्वेली लोक र आधुनिक गीतमा राम्रो प्रभाव जमाएकी सत्यकलाका ‘तिमीलाई हङकङ पुर्‍यायो’ लगायत दर्जनौ गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment