Comments Add Comment

मन्त्री पण्डित चढेको गाडी दुर्घटना, एकजना सामान्य घाइते

६ मंसिर, इटहरी । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित चढेको गाडी शनिबार बिहान इटहरीमा दुर्घटनामा परेको छ । बिराटनगरबाट इटहरी आइरहेको मन्त्रीको गाडीलाई पछाडिबाट आइरहेको स्कार्पियोले ठक्कर दिएको हो ।

मन्त्री पण्डित । फाइल तस्वीर
मन्त्री पण्डित । फाइल तस्वीर

मन्त्री चढेको गाडी इटहरी चोकका आइपुग्नै लाग्दा पछाडिबाट अर्को गाडीले ठक्कर दिएको थियो । वीचको सीटमा बसेका मन्त्री पण्डित र उनीसँगै रहेका अन्य तीनजना सकुशल रहेको पण्डितका अंगरक्षक विष्णु भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।

पछाडिको सीटमा एक्लै बसेका मन्त्रीका स्वकीय सचिव नसिव आलम घाइते भएका छन् । आलमलाई उपचारका लागि बिराटनगरको न्यूरो अस्पताल भर्ना गरिएको छ । आलमको शरीरमा बाहिरी चोट नदेखिए पनि कुम र खुट्टामा भित्री चोट लागेको छ ।

मन्त्रीसँगै वीचको सीटमा अंगरक्षक भट्टराई र दुईजना जिल्ला कार्यकर्ता बसेका थिए । चालक छेउको सीटमा सेनाका जम्दार बसेका थिए । उनीहरुको अवस्था सामान्य छ ।

मन्त्रीको गाडीलाई ठक्कर दिने स्कार्पियो गाडी बिराटनगर आँखा अस्पतालको रहेको बुझिएको छ । गाडी र चालकलाई प्रहरीले तत्कालै निणन्त्रणमा लिएको छ ।

एमाले नेतासमेत रहेका मन्त्री पण्डित इटहरीको ताल तलैयामा भवन र गेट उदघाटन गर्न बिराटनगर हुँदै इटहरी आएका हुन् ।
दुर्घटनापछि मन्त्री पण्डित कार्यक्रमस्थलतर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment