Comments Add Comment

किष्ट अस्पतालको शौचालयबाट खसेर विरामीको मृत्यु

KIST MEDICAL COLLEGE FINAL
फाइल फोटो

६ मंसिर, ललितपुर । ललितपुरमा रहेको किष्ट मेडिकल कलेजमा उपचारकोलागि गएकी एक महिलाको शौचालय जाने क्रममा एकतला माथिबाट खसेर मृत्यु भएको छ ।

अस्पतालमा उपचारको लागि भर्ना भएकी दोलखाकी अन्दाजी ८१ वर्षीया ललितामाया खड्काको अस्पतालमै लडेर मृत्यु भएको हो । शनिबार विहान ६ बजे लडेकी उनको घटनास्थलमै मृत्यु भएको थियो ।

अस्पतालमा निर्माणाधीन शौचालयको ढोका खोलेर भित्र पस्नेक्रममा उनी तल खसेकी थिइन् ।

मृतकका आफन्तले अस्पतालको लापरवाहीका कारण विरामी लडेको भन्दै विरोध जनाएका छन् ।

खड्का ज्वरो आएर अस्पताल भर्ना भएकी थिइन् ।

ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा सशस्त्र प्रहरीका बहालवाला आईजी कोषराज वन्तको समेत लगानी छ । वन्तको लगानीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको मुद्दा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment