Comments Add Comment

बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डवीच भेटवार्ता

susil koirala and prachanda
६ मंसिर, काठमाडौं । १८ औं सार्क सिखर सम्मेलनमा सरकार र प्रतिपक्ष एक भएर अघि बढ्न सहमत भएका छन् । शनिबार बिहान बालुवाटारमा प्रधानमन्त्री सुशील कोइराला र विपक्षी दलका नेता प्रचण्डवीच भएको छलफलमा यस्तो सहमति भएको हो ।

‘प्रधानमन्त्री र अध्यक्ष प्रचण्डवीच सार्क सम्मेलनका विषयमा छलफल भयो,’ बैठकपछि प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरसँग भने, ‘सार्कमा सबै दलहरु एक भएर प्रस्तुत हुनुपर्छ भन्ने सहमति भएको छ ।’

त्यसैगरी सहमतिकै आधारमा संविधान जारी गर्ने विषयमा पनि प्रधानमन्त्रीले सहमति जनाएको खडकाले बताए । सहमतिकै आधारमा संविधान बनाउने विषयमा विकल्प खोज्न प्रधानमन्त्री तयार देखिएको प्रचण्डलाई उधृत गर्दै खड्काले बताए ।

यसका लागि प्रधानमन्त्री कोइराला, केपी ओली र प्रचण्डवीच त्रिपक्षीय बैठक बोलाउने प्रधानमन्त्रीले प्रचण्डलाई आश्वासन दिएका छन् ।

नेपालगञ्ज पुगेका केपी ओली काठमाडौं फर्किइसकेकाले तत्कालै त्रिपक्षीय बैठक बोलाउन प्रधानमन्त्री र प्रचण्डवीच सहमति भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment