Comments Add Comment

सार्क सूचना केन्द्र खारेज गर्न सिफारिस

programme-commite-saarc
६ मंसिर, काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८ औं शिखर सम्मेलनअन्तर्गत शनिबार बिहान बसेको कार्यक्रम समितिको बैठकले सार्कका ११ क्षेत्रीय केन्द्रमध्ये तीन खारेज गर्न र चारलाई गाभ्न सिफारिस गर्ने निर्णय गरेको छ ।

खारेज गर्न सिफारिस गरिएका केन्द्रहरुमा सार्क सूचना केन्द्र, मानव संसाधन केन्द्र र सार्क अनुसन्धान केन्द्र रहेका छन् । त्यस्तै वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटीय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु अनुसन्धान केन्द्रलाई आपसमा गाभेर एउटै केन्द्र बनाउन बैठकले सिफारिस गरेको छ ।
बैठकले प्रस्ताव गरेको सो सिफारिसलाई सन् २०१६ डिसेम्बरदेखि प्रक्रियामा लगेर अन्तिम रुप दिइनेे सार्क महासचिव अर्जुनबहादुर थापाले जानकारी दिए । शिखर सम्मेलनको प्रारम्भका रूपमा लिइने कार्यक्रम समितिको बैठकले सार्कको संरचना हेरफेर र जिम्मेवारीलाई निर्धारण गर्नसमेत प्रस्ताव गर्ने जनाइएको छ ।

बिहान होटल सोल्टीमा सुरु भएको समितिको बैठकमा सार्कका आठ वटै सदस्य राष्ट्रका विदेशमन्त्रालयका सहसचिवहरुको टोली सहभागी छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमालले गर्नुभएको छ ।
यसअघि कार्यक्रम समितिको अध्यक्षता माल्दिभ्सले नेपाललाई हस्तान्तरण गरेको थियो । रासस

तस्वीरः सूचना विभाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment