Comments Add Comment

सहमतिविनै संविधान बनाइए जलाइन्छ : राजेन्द्र महतो

सलमान खान
६ मंसिर, भैरहवा । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहमति विनाको संविधान बनाइए संविधान जारी भएकै दिन जलाइने चेतवानी दिएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

सार्क सम्मेलन सकिनासाथ २२ दलीय मोर्चाद्वारा गरिने आन्दोलनका लागि संगठनलाई सशक्त बनाउने भन्दै कार्यकर्ता भेटघाट गर्न भैरहवा पुगेका महतोले कांग्रेस र एमालेलाई ०४७ सालकै संविधान भए पुग्ने बताए । कांग्रेस एमाले संविधान बनाउने पक्षमा नरहेकाले अगामी माघ ८ गते संविधान जारी नहुने महतोले ठोकुवा गरे ।
कांग्रेस एमालेले परिवर्तनको एजेन्डालाई संस्थागत गर्न नमानेका कारण २२ दलीय मोर्चाले सार्क सम्मेलनपछि कडा आन्दोलन गर्ने महतोले चेतावनी दिए । गणतन्त्र र संघीयतालाई बाइपास गरेर हुने कुनै पनि सहमति आफूहरुलाई मान्य नहुने उनले बताए ।
सरकार परिवर्तन आफूहरुको एजेण्डा नभएको बताउँदै अहिले आफुहरुको ध्यान संविधान निर्माण गर्नेमा मात्रै केन्दि्रत रहेको महतोले बताए । महतोले आफुहरु संविधान नबनाई सरकारमा कुनै हालतमा नजाने स्पष्टीकरण दिए । मधेसवादी दलहरु सरकारमा आउने कुरा कांग्रेस एमालेको अफवाह मात्रै भएको उनले दाबी गरे ।
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको सन्दर्भमा बोल्दै अध्यक्ष महतोले मोदीको भ्रमण नेपालको पर्यटन प्रवर्द्धन तथा आर्थिक विकासका लागि सकारात्मम विषय भएको बताए । उनले सरकारको कमी कमजोरीका कारण मोदीको भ्रमण विवादमा परेको बताउँदै मोदीको भ्रमण विवादित बनाउन २२ दलीय मोर्चाको कुनै हात नरहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment