Comments Add Comment

पशुपति राणा भन्छन् : नेपाल हिन्दू गणतन्त्र हुनुपर्छ

६ मंसिर, महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपाल हिन्दू गणतन्त्र देश हुनुपर्ने बताएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

महेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले आफू सनातन हिन्दू धर्मको पक्षमा रहेको बताए ।

‘पहिलो संविधानसभामा पनि राप्रपाले धर्म निरपेक्षको विरोध गरेको थियो,’ राणाले भने ‘ धर्मनिरपेक्षता छलफल नै नगरी घोषणा गरिएको हो ।’ जनसङ्ख्याको अनुपातका हिसाबले पनि नेपाल हिन्दू गणतन्त्र हुनुपर्ने उनको भनाई छ ।

आफ्नो पार्टी राप्रपाले हिन्दू राज्यका बारेमा कुनै आधिकारिक निर्णय नगरेको बताउँदै राणाले आफू सनातन हिन्दू धर्मकै पक्षमा रहेको दाबी गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment