Comments Add Comment

जनसम्पर्क समितिको अधिवेशनले अमेरिका तात्यो

janasamparka samiti-USAटेक्सास । नेपाली जनसम्पर्क समिति, अमेरिकाको एकताको दोश्रो अधिवेशनले अमेरिकामा रहेका नेपाली कांग्रेस आवद्ध नेपालीहरुको राजनीति तातेको छ ।

अधिवेशन हुने नहुने अन्यौलकाबीच अधिवेशन स्थगित नहुने भएपछि विभिन्न प्रान्तबाट प्रतिनिधिहरु आउने क्रम जारी रहेको अधिवेशन आयोजक समितिले जनाएको छ ।

अधिवेशन उद्घाटनका लागि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, पार्टी केन्द्रीय सदस्य तथा जनसम्पर्क समन्वय विभाग प्रमुख अर्जुन जोशी अमेरिका आइसकेका छन् । अधिवेशनको पूर्व सन्ध्यामा कांग्रेस केन्द्रीय जनसम्पर्क समन्वय विभाग प्रमुख अर्जुन जोशीले अधिवेशन ऐतिहासिक हुने बताए ।

अधिवेशनलाई नेपाल र विश्वभर छरिएर रहेका कांग्रेस शुभेच्छुकहरुले अत्यन्त चासोका साथ हेरिरहेको भन्दै जोशीले अधिवेशनले यसअघिका सबै गुट, उपगुटको अन्त्य हुने बताए । उनले अमेरिकामा रहेका आम कांग्रेसजनको उर्जालाई सही ढंगले परिचालन गर्न नसकिएको जोशीले बताए । उनले आसन्न अधिवेशनमा केन्द्रले कुनै हस्तक्षेप नगर्ने समेत स्पष्ट गरे ।

नेतृत्वका लागि चुनावी माहौल तातिरहेका बेला उनले सहमतिको सम्भावनालाई पनि अगाडी सार्न पार्टीको तर्फबाट आफूहरुले सुझाव दिएको बताए ।

सहमति हुन नसकेमा भने चुनावमा जानुको विकल्प नहुने भन्दै जोशीले चुनावले पनि एकतालाई नै बल पुर्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment