Comments Add Comment

काठमाण्डौमा सुरू भयो अाइरिन एजुकेसन फेयर

education-fair1

६ मंसिर, काठमाण्डौ । उच्च शिक्षाका लागि बिदेश अध्ययन गर्न चाहाने बिद्यार्थी र उनीहरुका अभिभावकलाई एकमुष्ठ सूचना दिने उदेश्यले शनिबारदेखि काठमाण्डौमा ‘आइरिन इन्टरनेशनल एजुकेसन फेयर-२०१४’ सुरु भएको छ ।

इन्टरनेशनल एजुकेसन इनिसेटिभ अफ नेपाल (आइरिन)को आयोजनामा काठमाण्डौको होटल अन्नपूर्णमा हुन मेला भोली अाइतबारसम्म चल्ने छ ।

education-fair2

मेलामा नेपालका शैक्षिक परामर्श ब्यबसायी, भारत, जापान, अष्ट्रेलिया, बेलायत, न्यूजिल्याण्ड लगायतका शिक्षण संस्था र उनीहरुका आधिकारिक प्रतिनिधिको सहभागिता रहेको मेला संयोजक बिज्ञान श्रेष्ठले जानकारी दिए ।

नेपालका अग्रणी शैक्षिक परामर्श संस्थाहरु संलग्न रहेको आइरिनले उच्च शिक्षा अध्ययनका लागि बिदेश जाने बिद्यार्थीलाई सही र आधिकारिक सूचना र जानकारी उपलब्ध गराउन मेलाको आयोजना गरेको हो ।

education-fair3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment