Comments Add Comment

नयाँ नेपाल निर्माणमा जुट्न महाबीर पुनको आग्रह

saolसउल । रोमन मेगसासे पुरस्कार विजेता तथा सामाजिक अभियन्ता महाबीर पुनले नयाँ नेपालको निर्माण गर्न नेपालीहरू जुट्नु पर्ने बताएका छन् । नयाँ नेपालको निर्माण चाडै नै हुनसक्ने र सोका लागि परनिर्भर नभई आफ्नो समुदायको विकासको लागि आफै समर्पित हुनुपर्ने पुनको भनाई थियो ।

राजधानी सउलमा नेपाली बिद्यार्थी समाजद्वारा आयोजित अन्तरक्रियामा कार्यक्रममा नेपालका दुर्गम क्षेत्रका रहेका गाउँको विकास, चुनौती र अवसर बिषयक कार्यपत्र प्रस्तुत गर्दै पुनले उक्त धारणा राखेका हुन् ।

कार्यक्रमका वक्ता पुनले आफ्नो सुरुवातको असफलताको घटना सुनाउदै भने नवीन कार्यको थालनी गर्दा आउने असफलतालाई सफलताको सूत्रको रूपमा लिन सक्नुपर्ने बताए ।

करिब तीन घण्टा चलेको उक्त कार्यक्रममा पुनले नेपालमा आफूले सञ्चालन गरिरहेका परियोजना तथा निकट भविष्यमा आफ्नो पहलमा स्थापना हुन लागिरहेको नेपाल अनुसन्धान केन्द्र सम्बन्धि जानकारी दिदै विदेशमा अध्यनरत नेपाली बिद्यार्थी तथा श्रमिकहरुले नयाँ सीप तथा प्राविधिक ज्ञान हासिल गरी राष्ट्र निर्माणमा सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रमको समापनपछि प्रतिक्रिया दिदै एनआरएनआईसीसी प्रतिनिधि केपी सिटौला, एनआरएन कोरियाका अध्यक्ष विनोद कुवँर तथा नेपाली बिद्यार्थी समाज कोरियाका सभापति बिमल सुबेदी लगाउतले पुनको योगदानबाट कोरियामा रहेका नेपालीहरू प्रभावित भएको बताएका थिए । कार्यक्रममा पुनका योगदानको कदर स्वरूप नेपाली बिद्यार्थी समाज कोरियाको तर्फबाट कदर पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

-मीनप्रकाश उप्रेतीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment