Comments Add Comment

भीरबाट खसेको ढुङ्गाले लागेर दुईजनाकाे मृत्यु

६ मंसिर, कालिकोट । कालिकोटको लालु गाउँ विकास समितिको लैनेभीरमा पहाडबाट खसेको ढुङ्गा लागेर दुई जनाको मृत्यु भएको छ ।

सदरमुकाम मान्मबाट घरमा जान लागेका राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय कालिकोटका गार्ड पंखबहादुर शाही र सोही गाउँका नबिन रावलको भीरबाट खसेको ढुङ्गा लागेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

मान्मा सदरमुकामबाट घर जान हिडेका शाहीको शुक्रबार बिहान ११ बजे भीरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको थियो भने रावललाई बेलुका खुलालु बजारबाट घर जान लागेको बेला भीरबाट ढुङ्गा लागेर मुत्यु भएको पत्रकार रमेश रावलले जानकारी दिएका छन् । शाही ४२ बर्षका हुन् भने रावल १९ वर्षका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment