Comments Add Comment

विप्लवका कारण वैद्य माओवादीको विस्तारित बैठक स्थगित

mohan baidhya (4)६ मंसिर, काठमाडौ । नेकपा–माओवादीको शनिवारबाट हुने भनिएको केन्द्रीय समितिको विस्तारित वैठक बस्दै नबसी स्थगित भएको छ । सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्ष सहभागी नभएपछि शनिवारको बैठक स्थगित भएको हो ।
केन्द्रीय समितिको प्लेनममा सवै समूहलाई सहभागी गराउनेबारे छलफल भइरहेकोले आइतबार विहान ११ बजे सम्मका लागि वैठक स्थगित गरिएको प्रवक्ता पम्फा भुसालबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
यसैवीच विस्तारित बैठक अघि शनिबारै विप्लव र वैद्य पक्षका नेतावीच वार्ता भएकाे छ । वार्तामा विप्लव समूहले एक दिनकाे समय मागेपछि अाइतबारसम्म विस्तारित बैठक स्थगन गरिएकाे हाे ।

पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएको विप्लव पक्षले यसअघिको पदाधिकारी, पोलिटब्युरो र तथा केन्द्रीय समिति वैठक पनि बहिष्कार गरेको थियो ।

पार्टीप्रति असन्तुष्टि जनाउँदै आएको सो समूहले केही दिनअघि कपिलवस्तुको शिवगढी जंगलमा गोप्य भेला समेत आयोजना गरेको थियो । छुट्टै भेला आयोजना गरेपछि सचिव विप्लवसँग स्पष्टीकरण लिने माओवादी संस्थापन पक्षले निर्णय गरेको थियो ।

यसअघिको पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय समिति बहिष्कार गरेको विप्लव पक्षले केन्द्रीय समितिको विस्तारित वैठकमा भाग लिने बताए पनि स्पष्टीकरण माग गरिएपछि विस्तारित वैठक बहिष्कार गरेको विप्लव पक्षका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment