Comments Add Comment

गढीमाई मेलामा जाँदा बालिकाकाे मृत्यु

फाइल फाेटाे
फाइल फाेटाे

६ मंसिर, बारा । बाराको बरियारपुरमा लागेको प्रसिद्ध गढीमाई मेला हेर्न जानेक्रममा शनिवार बिहान सडक दुर्घटनामा परि एक बालिकाको मृत्यु भएको छ ।

कलैयाको नयाँ बसपार्कमा विहान पौने १० बजेतिर ना २ त ९६९ नम्बरको ट्याक्टरको ठक्करबाट वीरगंज उपमहानगरपालिका– १३ अशोक वाटिका निवासी चन्दन साह कलवारकी ४ बर्षीया छोरी गुडिया भनिने साक्षी कलवारको मृत्यु भएको हो ।

बुवा चन्दन साह कलवार र आमा पूर्णिमादेवीसँगै ना ७ प २०४४ नम्बरको मोटरसाईलमा गढीमाई मेला हेर्न गईरहेको बेला ट्याक्टरले मोटरसाईललाई ठक्कर दिएको थियो । मृतक बालिकाको शव जिल्ला अस्पताल कलैयामा राखिएको उनका आफन्त सुरेशकुमार यादवले जानकारी दिए । ठक्कर दिने ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।

यस्तै, वीरगंज उपमहानगरपालिका वडा नम्बर १७ नयावस्ती रोडमा शनिवार मोटरसाईकलले ठक्कर दिँदा दुईजना घाईते भएका छन् ।

ना १८ प ९४२४ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिँदा मोटरसाईकल चालक वीरगंज उपमहानगरपालिका– १७ बस्ने प्रतीक पटेल र पैदलयात्री सन्नी पटेल घाईते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment