Comments Add Comment

मोदी पत्नीले भनिन्- उहाँ लिन आउनुहुन्छ भने म तयार छु

मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जशोदाबेनले लामो मौनतालाई चिर्दै आफू पतिसँग बस्न तयार रहेको बताएकी छन् । Jashodaben
मुम्बई भ्रमणमा रहेकी जशोदाले शुक्रबार भारतीय सञ्चारमाध्यमसँग भनिन्- ‘उहाँ(मोदी) लिन आउनुहुन्छ भने म तयार छु ।’
शिक्षण पेशाबाट अवकाश पाएकी ६२ वर्षीया जशोदा उत्तरी गुजरातमा माइतीसँग बस्दै आएकी छन् । मोदी प्रधानमन्त्री भएपछि जशोदालाई सुरक्षा गार्डको समेत व्यवस्था गरिएको छ ।
सन् १९६८ मा किशोरावस्थामै मोदी र जशोदाको विवाह भएको थियो । तर, उनीहरु लामो समयदेखि अलग्गै बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment