Comments Add Comment

साँझ परेपछि बालुवाटारमा शीर्षनेताबीच छलफल

६ मंसिर, काठमाडौं । केही दिनको राजनीतिक गत्यावरोधलाई चिर्दै शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्षनेताको बैठक बसेको छ ।
बेलुका ६ बजेदेखि दुईघण्टासम्म बसेको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, सभामुख सुवासचन्द्र नेम्वाङ र संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईको सहभागिता थियो ।

बालुवाटारमा शनिबार साँझ भेला भएका शीर्षनेताहरुले आइतबार सम्वाद समितिको बैठक बोलाई प्रतिवेदनलाई अन्तिम रुप दिने सहमति गरेका छन्

बैठकमा संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिमा जारी गतिरोध अन्त्यका विषयमा प्रमुख दलहरुबीच छलफल भएको डा. भट्टराईको सचिवालयले जानकारी दिएको छ । बैठकमा संवाद समितिले संविधानसभामा पठाउने प्रतिवेदनका विषयमा छलफल भएको र यसबारे आइतबार बिहान १० बजे संवाद समितिको बैठक बोलाइएको भट्टराईको सचिवालयले जनायो ।
आइतबार बस्ने संवाद समितिको बैठकबाट समितिको प्रतिवेदन संविधानसभामा पठाउने बारेमा निर्णय गरिने बालुवाटारमा सहमति भएको स्रोतले बतायो ।
यसैवीच शनिबार बिहानै बालुवाटारमा प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डवीच छुट्टै भेटवार्ता भएको थियो । दुई नेतावीचको सोही भेटमा तीन दलको बैठक बोलाउने सहमति भए अनुरुप बेलुका तीन दलका नेताको बैठक बसेको हो ।

यो पनि पढ्नुहोस्
बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डवीच भेटवार्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment