Comments Add Comment

प्रस्ताव नआएको भन्दै गरिबको बजेट सँधै फ्रिज

७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी गरिबका लागि हरेक वर्ष दश लाख रुपैयाँ छुट्याउँछ । तर, गरिब समुदायबाट प्रभावकारी प्रस्ताव नआएको भन्दै बजेट सँँधै फ्रिज हुने गरेको छ ।
garibमहानगरले सामाजिक विकास कार्यक्रमअन्तर्गत गरिबी निवारणका लागि १० लाख रुपैयाँ विनियोजन गर्ने गरेको हो । तर, लक्षित गरिब समुदायबाट प्रभावकारी प्रस्ताव नै नआएपछि प्रत्येक वर्षको बजेट फ्रिज हुने गरेको महानगरपालिकाको दाबी रहेको नयाँ पत्रिकामा खबर छ ।
महानगरपालिकाका राजस्व विभागका अधिकृत ध्रुव काफ्लेले गरिबी निवारण गर्ने उद्देश्यले प्रस्ताव नै नआएपछि बजेट फ्रिज हुने गरेको बताए । ‘सामाजिक सेवा कार्यक्रमअन्तर्गत महानगरपालिकाले बजेट बिनियोजन गर्छ । तर, कार्यक्रम गर्न लक्षित वर्गबाट प्रस्ताव नै आउँदैन् । बजेट फ्रिज हुने कारण यही हो,’ उनले भने ।
तर, प्रभावकारी प्रस्ताव आएमा उक्त रकम के गर्न दिने भन्नेबारेमा भने महानगरपालिकाका अधिकारीहरु आफैं प्रस्ट छैनन् ।
केन्द्रीय तथ्यांक विभागका अनुसार काठमाडौं महानगरपालिका भित्र एक लाख २८ हजार नौ सय ७३ गरिब छन् । त्यसमध्ये २५ हजार आठसय १४ गरिब विषम परिस्थितिमा छन् भने सात हजार आठ सय ४५ गहन परिस्थितिमा जीवनयापन गर्छन । नेपाल जीवनस्तर सर्वेक्षण ०६६/६७ का आधारमा विभागले काठमाडौंका गरिब पहिचान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment