Comments Add Comment

काठमाडौ जिल्ला अदालतमा साढे सात बजेसम्म सेवा

kathmandu_district_court
७ मंसिर, काठमाडौ । सर्वसाधारण सेवाग्रहरीलाई सहजतापूर्वक न्याय प्रदान गर्ने उद्देश्यले आइतवारदेखि काठमाडौ जिल्ला अदालतमा सन्ध्याकालीन सेवा सुरु हुँदैछ ।
जिल्ला अदालत नियमावलीमा संशोधन भई प्रधानन्यायाधीस रामकुमार प्रसाद शाहले तोलेपछि पहिलो चरणमा मुद्दाको अत्याधिक चाप रहेको काठमाडौ जिल्ला अदालतबाट यो सेवा सुरु गर्न लागिएको हो । त्यसका लागि आवश्यक तयारी भइसकेको सो अदालतले जनाएको गोरखापत्रमा खबर छ ।
प्रधानन्यायाधीसी शाहकै अध्यक्षतामा गत कात्तिक २७ गते सम्पन्न सर्वोच्च अतालतका सबै न्यायाधीस सम्मिलित बैठकले जिल्ला अदालत सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यस बैठकले जिल्ला अदालत नियमावली सम्बन्धी ब्यवस्था संशोधन गरेको थियो । संशोधनलगत्तै नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि आइतवार बाठमाडौ जिल्ला अदालतमा यो सेवा सुरु गरिएको हो ।
संशोधित नियमावली अनुसार सन्ध्याकालिन समयमा अदालतबाट फैसला गर्नेबाहेक अन्य कामकारबाही निर्धारण गरिनेछ । तत्कालका लागि अधिकृत वारेसनामा प्रमाण्ति गर्ने र फौजदारी अभियोगमा प्रहरीले पक्राउ गरेको बन्दीहरुको म्याद थप लगायतका प्रशासनिक कार्य गर्न तोकिएको श्रेष्तेदार श्रीप्रसाद सञ्जेलले बताए ।
कार्यालय समय समाप्तपछि करिब साढे दुई घण्टासम्म सन्ध्याकालीन सेवा सूचारु हुनेछ । चार बजे कार्यालय समय भएको दिन साढे ६ बजेसम्म तथा पाँच बजे कार्यालय समय भएका दिन साढे सात बजेसम्म सन्ध्याकालिन सेवा प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment