Comments Add Comment

संवाद समितिको बैठक बस्दै नबसी स्थगित

3-dal-meeting
फाइल फोटो

७ मंसिर, काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको रोहवरमा प्रमुख तीन दलबीच भएको भनिएकाे  सहमति १२ घण्टा बित्न नपाउँदै वेवारिसे बन्न पुगेको छ ।

संवाद समितिमा रहेका सबै विवादलाई संविधानसभामा लैजाने र सहमति भएपछि मात्र मतदानमा जाने भन्ने सहमतिलाई एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले अस्वीकार गरेपछि सहमति अलपत्र परेको हो ।

एमाओवादीले गरेको सहमतिलाई उसकै सहयात्री अन्य १९ दलले नमानेपछि बिहान १० बजे बस्ने भनिएको संवाद समितिको बैठक स्थगित भएको छ ।

संवाद समितिमा रहेका २२ दलीय मोर्चाका २० दलमध्ये एमाओवादी बाहेक अन्य दलले शनिवार राति बालुवाटारमा भएको भनिएको सहमतिप्रति आपत्ति प्रकट गरेको स्रोतले जनाएको छ ।

सभापति बाबुराम भट्टराईको कार्यकक्षमा जम्मा भएका कांग्रेस एमाले लगायतका साझा प्रस्तावका पक्षधर दलहरुले बैठक बोलाउन आग्रह गरेका छन् ।

बैठक नबसेपछि कांग्रेस र एमालेका नेताहरु आ-आफ्नो आन्तरिक छलफलका लागि बाहिरिएका छन् भने सभापति बाबुराम भट्टराईको कक्षमा एमाओवादी र मधेसवादी मोर्चाका नेताहरुले अनौपचारिक छलफल गरेका छन् ।

एमाअाेवादी नेता प्रचण्डले भने बालुवाटारमा शनिबार कुनै सहमति नभएकाे दाबी गरेका छन् । कांग्रेस र एमालेकाे प्रस्ताव अनुसूचीमा राखेर संविधानसभामा पठाउने अाफूले बालुवाटार बैठकमा अडान राखेकाे प्रचण्डलार्इ उधृत गर्दै एमाअाेवादीका एक नेताले बताए ।

याे पनि पढ्नुहाेस्

प्रचण्डले बोली फेरे कि सिटौलाले डुबाए ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment